सुचना, समाचार र मनोरन्जन

चितवन राष्ट्रिय निकुञ्जमा गोहीको अण्डा सङ्कलन शुरु

चितवन/

चितवन राष्ट्रिय निकुञ्जले आजदेखि राप्ती नदीमा रहेका घडियाल गोहीका गुँडबाट अण्डा सङ्कलन शुरु गरेको छ । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार १८ वटा गुँड पहिचान गरी ती गुँडबाट अण्डा सङ्कलन शुरु गरेको हो ।

राप्ती नदी क्षेत्रमा गएको चैत १ गतेदेखि यही वैशाख १० गतेसम्म निकुञ्जले राप्ती नदीमा गुँड खोजी गरेको थियो । भेटिएका गुँडबाट अण्डा सङ्कलन शुरु गरिएको उहाँको भनाइ छ ।

गएको वर्ष राप्ती नदीमा भेटिएका १६ वटा गुँडमध्ये आठ वटा गुँडबाट अण्डा निकालिएको थियो । यसवर्ष दुई सयभन्दा बढी अण्डा सङ्कलन हुने अनुमान गरिएको उहाँले बताउनुभयो । गएको वर्ष २ सय ४७ वटा अण्डा सङ्कलन गरी कोरलिएको थियो ।

निकुञ्जले गोही प्रजनन केन्द्र स्थापना गरेर नदी किनारका जोखिममा रहेका गुँडबाट अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा ल्याएर कोरल्ने गरिन्छ । कोरलिएका बच्चा हुर्काएर पुनः विभिन्न नदीमा छोड्ने गरिएको छ ।

Leave A Reply

Your email address will not be published.