सुचना, समाचार र मनोरन्जन

फिल्म ‘चिट्ठी’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं :

एरा प्रोडक्सनको प्रा.लि. को ब्यानरमा निर्माण भएको फिल्म ‘चिट्ठी’को सेन्सर पास भएको छ। निर्माण पक्षले सिंहदरवार स्थित केन्द्रिय चलचित्र जाँच पास समितिको कार्यलयमा सेन्सर भएको हो।

फिल्मका निर्देशक केन्द्रिय चलचित्र जाँच समितिबाट फिल्मले पिजी सर्टिफिकेट पाएको बताए। अब यो फिल्म १६ वर्ष मुनिका बालकालिकाले अनिवार्य रुपमा अभिभावकको साथमा मात्र हेर्न पाउने भएका छन्। कमेडी, सस्पेन्स तथा थ्रिलर जनरामा बनेको यस फिल्मलाई संचारकर्मी समेत रहेकी निर्माता कमला जोशीले निर्माण गरेकी हुन्।

माधव राज खरेलको लेखन र निर्देशन रहेको उक्त फिल्मको प्रदर्शनी मिति भने केही दिन भित्रै सार्वजनिक गर्ने निर्माण पक्षले जानकारी दिएको छ। निर्देशक खरेलले भने,‘फिल्मलाई हेरिसकेपछि राम्रो फिल्म रहेको प्रतिक्रिया सेन्सर समितिका पदाधिकारीहरुले दिनुभएको छ।’

यस फिल्ममा सञ्जित भण्डारी, खड्गबहादुर पुनमगर खवपु, गोपाल ढकाल छन्दे, नवराज थापा, मुस्कान लामा, प्रवण भुसाल, कञ्चन चालिसे, नम्रता खरेल पौडेल रहेका छन् भने विशेष भूमिकामा बरिष्ठ कलाकार मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविलसिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

सरोज कोईरालाले संगीत भरेका यस फिल्ममा शिव परियार, बेनिशा पौडेल, बसन्त अर्यालको स्वरमा रहेको छ । डा.कृष्णहरि बराल र कमला जोशी गीतकार रहेको फिल्ममा एउटा शिवताण्डवसमेत रहेको निर्देशक खरेजले जानकारी दिएका । यस गीतको संगीत संयोजन संगीतकार राजेन्द्र बजगाईँले गरेका छन्।

जीवन पराजुली एवम् राजन खरेलको छायाङ्कन, किरण दाहालको द्धन्द्ध निर्देशन, कृष्ण बहादुर कार्कीको निर्माण व्यवस्थापन, अमृत चापागाईँ पोस्टर एवम् साहिल खान प्रोमा डिजाइनरका रहेका छन् फिल्मलाई राजेश कुमारले सम्पादन गरेका छन्। त्यस्तै फिल्ममा समिर मियाँको भिएफएक्स रहेको छ भने पुष्कर खत्रीको ब्याकराउण्ड म्युजिक स्कोर, मनोज परियारको साउण्ड मिक्सिङ तथा अमित श्रेष्ठको फाइभ इन वान साउण्ड मिक्सिङ रहेको छ ।

Leave A Reply

Your email address will not be published.