सुचना, समाचार र मनोरन्जन

ईश्वरको ‘कस्तो हो यो माया’मा फरिताको रोमान्स

काठमाडौं :

आफ्नो कला, संस्कृति र माटोको मायाँ हुनेले देशको अवस्थाका कारण रोजिरोटीको लागि सन्सारको जुनसुकै कुनामा रहेपनि व्यस्त जीवनबाट उप्रेको समयको सदुपयोग स्वरुप आफ्नो बिधागत क्षेत्रमा केही गर्नुपर्छ भन्ने भावनाका चलचित्र निर्माता तथा अभिनेता ईश्वर थापाले क्यानडामा रहेर पनि ‘कस्तो हो यो मायाँ’ बोलको नेपाली गीतको भिडियो निर्माण गरि आफ्नै युटूव च्यानल मार्फत सार्वजनिक गरेका छन्।

Chaka Panja

ईश्वर थापा भनेका तिनै व्यक्ति हुन झण्डै तीन दशक पहिले चर्चामा रहेको ‘म लाहुरेको छोरा हुँ चाउरे’ भन्ने चलचित्र ‘हाउडे’का नायक निर्माता । क्यानडाको बिभिन्न स्थानको रमणीय दृश्य कैद गरिएको भिडियोमा ईश्वर थापा र फरिता खड्कालाई प्रेमिल जोडीको रुपमा रोमान्टिक ढंगले प्रस्तुत गरेका छन् निर्देशक हेरुका लामाले । हेरुका लामा तीन दर्जन भन्दा बढी चलचित्रमा काम गरिसकेका व्दन्द कलाकार हुन् । भिडियोमा देखिएकी मोडल फरिता खड्का दर्जनौ भिडियोमा छाइसकेकी परिचित अनुहार हुन्।

बागबजार स्थित पद्मकन्या क्याम्पसमा नृत्य विषयलिइ दोश्रो वर्षमा अध्यायनरत रहेको अवस्थामा उज्ज्वल भविष्यको खोजिमा गत वर्ष क्यानडा प्रस्तान गरेकी हुन् । ईश्वर थापाको शब्द, लेखु सहयात्रीको संगीत सिर्जना रहेको गीतमा निशान भट्टराईले स्वर दिएका छन् भने एरेञ्जर पुरुषोत्तम सुवेदीले गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.