सुचना, समाचार र मनोरन्जन

सलोन बस्नेतको ‘प्यारो मान्छे’ मोनिका

काठमाडौं :

गायक प्रताप दास र गायिका रचना रिमालको स्वरमा ‘प्यारो मान्छे’ सार्वजनिक भएको छ। ओ.एस. आर डिजिटल मार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो। सार्वजनिक गीतको शब्द शान्ति बस्नेत (बलराम)ले कोरेकी छन् भने सङ्गीत र एरेन्ज नारायण डङ्गोलले गरेका छन्।

Chaka Panja

भिडियोमा अभिनेता सलोन बस्नेत र मोडेल मोनिका बोहोरालाई देख्न सकिन्छ। भिडियोले प्रेमी र प्रेमिकाबीचको मायालाई देखाउन खोजेको छ। दिनेश काफ्लेले निर्देशन गरेको भिडियोको लगानीकर्ता गीतकार बस्नेत हुन्।

सुसन प्रजापतिले दृश्य कैद गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन तथा कलरिङ्ग गरेर उत्कृष्ट बनाएका छन्। शिशिर खातीको कोरीयोग्राफी समावेश रहेको भिडियोमा सहायक निर्देशक करन खतिवडा रहेका छन्। भिडियोको पोस्ट प्रोडक्सनको काम म्युजिक प्लसले गरेको हो।

Leave A Reply

Your email address will not be published.