सुचना, समाचार र मनोरन्जन

कमेडी जनरामा सिनेमा ‘चिठ्ठा’ निर्माण हुने,कलाकार छानिए भोला र धिरेन

काठमाडौं :

कमेडी जनरामा सिनेमा ‘चिठ्ठा’ निर्माण हुने भएको छ। पौष दोस्रो साताबाट फ्लोरमा जाने सिनेमाको निर्देशन आरएल लामा मोक्तानले गर्नेछन्। फिल्मको कथा, पटकथा तथा संवाद स्वंयम निर्देशक आरएल लामाले नै तयार गरेका हुन् ।

Pach Pandav

लंका फिल्म प्रालीको व्यानरमा निर्माण हुने सिनेमामा धिरेन शाक्य, भोलाराज सापकोटा, अर्जुा गुरुङ, निमा लामा, रसिला कार्की लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । सिनेमाको लागि एक अभिनेता र एक अभिनेत्री छनोटको चरणमा रहेको निर्देशक लामाले बताए ।

रेल्लु माया तामाङ प्रस्तुतकर्ता रहेको सिनेमामा आर सुनाम मोक्तानको लगानी रहनेछ । मियम मोक्तान सह–निर्माता रहेको सिनेमामा रंग पत्रकार सञ्चु थोकरको छायांकन, शंकर महर्जनको द्धन्द्व निर्देशन, निर्देशक आरएल लामाको शब्द तथा संगीत, युवराज कँडेल र अन्नु चौधरीको स्वर रहनेछ ।

Leave A Reply

Your email address will not be published.