Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सच्चाई केन्द्रको ५१ लाखभन्दा बढी सहयोग
- रेवान पोखराको अध्यक्षमा वसन्त गौतम, नयाँ कार्यसमिति निर्वाचित
- अमेरिकाबाट ‘म त मर्छु कि क्या हो’को नियमित प्रसारण सुरु, पहिलो एपिसोड प्रसारणमा
- डान्सिङ रियालिटी शो ‘लिटल डान्सिङ च्याम्प’ आजदेखि प्रसारणमा आउने
- ‘पेन्सन पट्टा’मा बलियो माउथ पब्लिसिटी, दर्शकको साथले बढ्दै शो
- पोखरामा ‘पेन्सन पट्टा’को दबदबा, पहिलो दिनमै ७ लाख ४८ हजार ग्रस कलेक्सन
- बाढीले होइन, हाम्रो विकासले डुबाएको बस्ती
- गण्डकीमा गजलको इतिहासदेखि वर्तमानसम्म विमर्श
- एन प्याब्सनको छैटौं अंग्रेजी भाषा ज्ञान प्रतियोगितामा हिलसाइड प्रथम
- बुबाको स्मृतिमा मिना थापा भण्डारीद्वारा दुर्घटना पीडित सन्दिपलाई ८१ हजार बढी सहयोग
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन
चितवन,
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटक आगमन बढेको पाइएको छ ।
गत आर्थिक वर्षमा दुई लाख ७२ हजार ९२३ पर्यटक उक्त क्षेत्रमा आएकामा अघिल्लो आवमा दुई लाख ३१ हजार ३२९ पर्यटकले भ्रमण गरेका निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले बताउए ।
सार्क मुलुकका २२ हजार ८८३ तथा अन्य मुलुकका ८८ हजार ६६५ पर्यटकले निकुञ्जको भ्रमण गरेका हुन् ।
एकसिङ्गे गैँडा, पाटेबाघ, भालु, हात्ती तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकनका लागि पर्यटक निकुञ्ज पुग्ने गरेका छन् ।
गत आर्थिक वर्षमा निकुञ्जले पर्यापर्यटनबाट रु २७ करोड ६३ लाख ३९ हजार ९५० राजस्व सङ्कलन गरेको जनाएको छ । काठदाउरा, गैरकाष्ठ वन पैदावार बिक्री, जरिवानालगायत शीर्षकमा रु ३१ करोड एक लाख ६४ हजार ५५१ राजस्व सङ्कलन भएको छ ।
Prev Post