सुचना, समाचार र मनोरन्जन
IVF New Banner

प्रताप दास र बैकुन्ठको ‘चोखो माया’मा यसराज र सत्या

काठमाडौं :
गीतकार बैकुन्ठ प्रसाद उपाध्ययको नयाँ गीत सार्वजनिक भएको छ। बैकुन्ठले रचेको गीत ‘मैले दिएको चोखो मायाँ..’ को भिडियो सहित सार्वजनिक भएको हो। ओएरआर डिजिटल च्यानलबाट रिलिज गरिएको गीतको भिडियोमा अभिनेता यसराज गराच मुख्य भूमिका रहेको छ।

उनीसँगै यो गीतमा मोडल सत्या गिरी, सन्तोष पन्त, अनिशा थापामगर र बैकुण्ठ प्रसाद उपाध्यायको पनि अभिनय रहेको छ ।
गायक प्रताप दासको स्वरमा यो गीत रहेको यो गीतलाई कुमार थापामगरले संगीत तथा संगीत संयोजन गरेका हुन् । गीतको रेकर्डिङ चन्दु गोर्खाली हुन्।

Safal
IVF Post

आधुनिक गीतको यो गीतको भिडियो निकै आकर्षक बनेको छ । यो गीतको भिडियोलाई सांस्कृतिक संस्थापनका पूर्व महाप्रबन्धक राजेश थापाले निर्देशन गरेका हुन् । गीतमा यसराज र सत्याको प्रेम वियोगको कथा प्रस्तुत गरिएको छ ।

नरेश आयरले खिचेको यो गीतको भिडियोमा तारा थापा किम्भेको सम्पादन रहेको छ । भिडियोलाई बैकुन्ठ फिल्म प्रोडक्सनले निर्माण गरेको हो । दुई दिन अघि रिलिज भएको यो गीतलाई श्रोताले मन पराएको गीतकार बैकुन्ठले बताए ।

Leave A Reply

Your email address will not be published.