सुचना, समाचार र मनोरन्जन

रानी निरौलाको नयाँ लोकदोहोरी गीत ‘चोली ढाका’ सार्वजनिक

काठमाडौँ :
पूर्वेली लोक गीतमा विशेष परिचय बनाइसकेकी गायिका रानी (रानु) निरौलाको नयाँ लोकदोहोरी गीत ‘चोली ढाका’ सार्वजनिक गरिएको छ। गायिकाले यस गीतमार्फत आफ्नो सशक्त स्वर र पूर्वेली भाकामा आधारित संगीतमार्फत पुनः दर्शकस्रोताको मन जित्ने प्रयास गरेकी छन्।

गीतमा महेश मुखिया सुनुवारको संगीत रहेको छ भने उनलाई नै पुरुष स्वरमा साथ दिएका छन्। सहदेब कालीकोटेको शब्द रचना रहेको गीतमा आदेश गुर्मछानले संगीत संयोजन गरेका छन्। गीत मेला रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो, जसमा सुवास कुथुमी राईले रेकर्डिङ, मिक्सिङ र मास्टरिङको काम गरेका छन्।

भिडियोतर्फ, विजय पुन र रमाला लिम्बुले शीर्ष मोडलको रूपमा अभिनय गरेका छन्। गीत जस्तै भिडियोलाई पनि नृत्यमय र आकर्षक बनाइएको छ। महेश महराको छायांकन, साइमन राजवंशीको कोरियोग्राफी, समीर राईको व्यवस्थापन, अर्जुन खड्काको सम्पादन तथा रंग संयोजन रहेको भिडियो जीवन शाहीको निर्देशनमा तयार गरिएको हो। भिडियोको निर्माण नियन्त्रण सूर्य ओलीले गरेका हुन्।

‘चोली ढाका’ गीत मेला डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ र यसले दर्शकमाझ राम्रो प्रतिक्रिया पाइरहेको छ।

Leave A Reply

Your email address will not be published.