एजेन्सी :
बिहानैदेखि भारतीय अभिनेता शाहरुख खान आफ्नै फिल्म ‘किङ’ को सुटिङ सेटमा दुर्घटनामा परेर घाइते भएको भन्ने समाचार झुटो साबित भएको छ। उनी सुटिङका क्रममा घाइते भएका भन्ने खबरहरू अफवाह मात्र भएको पुष्टि भएको हो।
भारतकै प्रमुख मिडिया संस्था टाइम्स अफ इन्डियाले स्पष्ट पार्दै, अभिनेता खान सुटिङमा कुनै पनि चोट नलागेको दाबी गरेको छ। सो रिपोर्ट अनुसार, खान सुटिङमा घाइते भएका होइनन् र उनी नियमित स्वास्थ्य परीक्षणको लागि अमेरिका गएको उल्लेख गरिएको छ।
भारतीय मिडियामा केही दिन अघिदेखि खान फिल्मको एक एक्सन दृश्य सुट गर्ने क्रममा पिठ्युँमा चोट लागेको कारण उनलाई तुरुन्तै अमेरिका पठाइएको समाचार प्रकाशित भएका थिए। साथै, फिल्मको छायाङ्कन केही हप्ता स्थगित गरिएको बताइएको थियो।
तर, टाइम्स अफ इन्डियाले प्रकाशित गरेको विस्तृत रिपोर्टमा उल्लेख गरिएको छ कि यी खबरहरूमा कुनै सत्यता छैन। स्रोतका अनुसार,“शाहरुख खानलाई सुटिङ सेटमा कुनै पनि चोट लागेको छैन। उनी हाल अमेरिकामा छन्, तर त्यो यात्रा केवल नियमित मेडिकल चेकअप र विश्रामका लागि गरिएको हो।”
हाल फिल्मको छायाङ्कन स्थगित भएकै कारण उनी अमेरिका गएका हुन्।
