सुचना, समाचार र मनोरन्जन

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। अनामनगर स्थित सामाजिक बिकाश भवनमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा संस्थाका अध्यक्ष नारायण थापा,बरिष्ठ उपाध्यक्ष दिपक शर्मा,महासचिव सनम कठायत,सचिव रिता केसी,सचिव बेनिशा पौडेल, कोषाध्यक्ष प्रतिक्षा काफ्ले सदस्यहरु मनोज परियार,बिरेन्द्र भाट “बिपिन”,प्रमोद डिजी,बिनोद बम,पुजा ठकुरी,सुबास तिमसिना,प्रज्वल भट्ट गीता पाण्डे,कोपिला शिबाकोटी प्रहरी अतिरिक्त महानिरीक्षक तथा गीतकार टेक तामांग गीतकार तथा संगीतकार कस्तुप पंत,गायक संगीतकार नरहरी प्रेमी,चर्चित गायक कुलेन्द्र बिश्वकर्मा,सिडी बिजय अधिकारी लगायत देशका थुप्रै चर्चित गायक गायीका ,संगीतकार गीतकार,चलचित्र लगायत ललितकलाका बिभिन्न बिधाका ६३ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रमका बिषयमा बोल्दै संस्थाका अध्यक्ष नारायण थापाले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद ब्यक्त गर्दै संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत ब्लड बैंकहरुमा भईरहेको रगतको अभावलाई थोरै भएपनि सम्बोधन गर्न सकियोस भनि कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा बरिष्ठ कलाकार धिरेन शाक्य,,बरिष्ठ संगीतकार चेतन सापकोटा,संगीतकार संघ नेपालका अध्यक्ष अष्ट लामा,रोयल्टी संकलन समाजका सचिव बसन्त सापकोटा बरिष्ठ गीतकार शंकर अधिकारी “घायल” म्युजिक भिडियो निर्देशक समाजकि अध्यक्ष बबिता श्रेष्ठ मलेकु,चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा रापती समाजका अध्यक्ष गोबिन्द मधुर आचार्य बरिष्ठ पत्रकार तथा गीतकार डब्बु क्षेत्री संस्थाका सल्लाहकारहरु रबिन्द्र बराल,रमेश दहाल डा•ओम कृष्ण प्रसाईं माधब राज खरेल लगायतकाबिशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.