सुचना, समाचार र मनोरन्जन
IVF New Banner

सुमन कार्की,मेक्सम गौडेल नहुँदा खल्लो भयो ‘कमेडी क्लब विथ च्याम्पियन्स २.०’

काठमाडौं :

नेपाली दर्शकले सोमबारबाट चलेको नयाँ टेलिजिभन रियालिटी ‘कमेडी क्लब विथ च्याम्पियन्स २.०’लाई मन पराउन सकेका छैनन्। गत असारको अन्तिम साताबाट बन्द भएको यो रियालिटी शोलाई नयाँ कलाकारका साथ प्रसारणमा आएपछि दर्शकले मन पराएनन्। उनीरुले शोका पुरानै टिम विशाल भण्डारी,सुमन कार्की,कैलाश कार्की,मेक्सम गौडेल लगायतलाई खोजेका छन् ।

Safal
IVF Post

कि इन्टरटेन्मेन्टले शोमा सभापतिको रुपमा राजाराम पौडेल छन् । यस अघि दीपाश्री निरौला रहेकी थिइन्। विशाल भण्डारीको ठाउँमा यस पटक कार्यक्रमको सञ्चालनको जिम्मा यमन श्रेष्ठले पाएका छन् ।

यस पटको शोको कार्यक्रममा अभिनेता राजेश हमाललाई अतिथीको रुपमा ल्याइएको छ। दर्शकले कमेन्टमा राजेश हमाल अतिथिको रुपमा आएकोले मात्रै कार्यक्रम हेरेको उल्लेख गरेका छन् । कमेन्टकर्तालेसुमन कार्की, कैलाश कार्की नभएको हुनाले पहिलो शो नै खल्लो भएको बताएका छन्। विशाल भण्डारीको थर्ड आई प्रोडक्शनले अब ‘कमेडी च्याम्पियन ३’ सार्वजनिक गर्ने तयारी गरेको छ ।

Leave A Reply

Your email address will not be published.