काठमाडौँ,
नेपाल कम्पोस्ट सचेतना सप्ताह–२०८२’ विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘दिगो समुदाय कम्पोस्टबाट शुरु हुन्छन्’ भन्ने नाराका साथ नेपाल कम्पोस्ट कन्सोर्टियमको आयोजनामा हुने कार्यक्रममा कम्पोस्टिङ तथा फोहर व्यवस्थापन, कृषि, कौशीखेती तथा यससम्बन्धी विभिन्न व्यवसायी संलग्न हुँदैछन् ।
विभिन्न सरोकारवाला सङ्घसंस्थाको साझा पहलमा गठित नेपाल कम्पोस्ट कन्सोर्टियमले सप्ताहलाई कम्पोस्टिङसँग सम्बन्धित जनचेतना अभिवृद्धि, व्यवहार परिवर्तन र स्थानीय समाधान प्रवर्द्धन गर्ने उद्देश्य राखेको पूर्वमन्त्री गणेश शाहले जानकारी दिनुभयो । विगत २६ वर्षदेखि अन्तर्रराष्ट्रिय कम्पोस्ट सचेतना सप्ताह निरन्तर आयोजना हुँदै आएको र यस वर्ष पनि अङ्ग्रेजी मे महिनाको पहिलो हप्ता विश्वका विभिन्न ठाउँमा कार्यक्रम भइरहेका छन् । –उज्यालो अनलाईन