Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- साइप्रसका हलमा नेपाली फिल्म ‘हली’प्रदर्शनमा आउने कमफम
- ‘गौँथली’ को अग्रिम टिकट बुकिङ खुला, २ सय भन्दा बढी शो पाउने वितरक श्रेष्ठको दाबी
- नायिका परीक्षा लिम्बु र कोरियोग्राफर तमूसहित ‘ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६’मा नेपालको सहभागिता
- दया र मिरुनाले थाले ‘रातो घेरा’को सुटिङ,अनिलले गर्दैछन् निर्देशन
- ‘मितज्यू’का निर्माता जनक घर्ती मगरले घोषणा गरे चलचित्र ‘आकाश वर्षा’
- किसानलाई सावधानी अपनाउन आग्रह
- कांग्रेसले सांसदहरूलाई तोक्यो जिल्लाको जिम्मेवारी
- आगामी आर्थिक वर्षमा १६६ विधेयक पेस गरिने
- राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते
- नेप्से परिसूचक १४ अङ्कले बढ्यो
विशेष महाधिवेशनः आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु
काठमाडौँ,
नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिले नाम दर्ता गर्ने क्रम आज बिहानैदेखि सुरु भएको छ । आइतबारदेखि सुरु भएको उक्त महाधिवेशनमा आइतबार मात्र दुई हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराउनुभएको थियो ।
आइतबार कोशी प्रदेशबाट ४२५, मधेस प्रदेशबाट ४४६, बागमती प्रदेशबाट ४३२, गण्डकी प्रदेशबाट २९६, लुम्बिनी प्रदेशबाट ३९८, कर्णाली प्रदेशबाट १३४, सदूरपश्चिम प्रदेशबाट १४८, उपत्यका ९काठमाडौँ, भक्तपुर र ललितपुर०बाट १७८ र भ्रातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिबाट १९५ जनाले नाम दर्ता गराएका थिए ।
कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहले नाम दर्ता गराउनका लागि भिन्दाभिन्दै आठ स्टलको व्यवस्था गरेको थियो । विशेष महाधिवेशन जिल्ला क्षेत्र, ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज पाण्डेयले आज बिहान ८ः३० बजेदेखि नै नाम दर्ता सुरु गरिएको जानकारी दिनुभयो । उहाँले हिजो दर्ता गर्न छुटेका प्रतिनिधिको सहजताका लागि आज नाम दर्तालाई निरन्तरता दिएको बताउनुभयो । उक्त नाम दर्ता बिहान ११ बजेसम्म सञ्चालन हुने संयोजक पाण्डेयले बताउनुभयो । कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहको आज बन्दसत्र हुनेछ ।
बिहान ८ बजेदेखि बन्दसत्र गर्ने कार्यक्रम रहे पनि प्राविधिक कारण बन्दसत्र कार्यक्रम केही समयलाई लम्बिएको आयोजकले जनाएको छ ।