Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- साइप्रसका हलमा नेपाली फिल्म ‘हली’प्रदर्शनमा आउने कमफम
- ‘गौँथली’ को अग्रिम टिकट बुकिङ खुला, २ सय भन्दा बढी शो पाउने वितरक श्रेष्ठको दाबी
- नायिका परीक्षा लिम्बु र कोरियोग्राफर तमूसहित ‘ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६’मा नेपालको सहभागिता
- दया र मिरुनाले थाले ‘रातो घेरा’को सुटिङ,अनिलले गर्दैछन् निर्देशन
- ‘मितज्यू’का निर्माता जनक घर्ती मगरले घोषणा गरे चलचित्र ‘आकाश वर्षा’
- किसानलाई सावधानी अपनाउन आग्रह
- कांग्रेसले सांसदहरूलाई तोक्यो जिल्लाको जिम्मेवारी
- आगामी आर्थिक वर्षमा १६६ विधेयक पेस गरिने
- राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते
- नेप्से परिसूचक १४ अङ्कले बढ्यो
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
काठमाडौँ,
नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको दोस्रो दिन बन्दसत्र सुरु भएको छ ।
विशेष महाधिवेशन प्रचारप्रसार समितिले आज पत्रकार सम्मेलन गरी बन्दसत्रको कार्यक्रम केहीबेर अघि भृकुटीमण्डपस्थित हलमा सुरु भएको जानकारी दिएको हो । बन्दसत्रको अध्यक्षता काठमाडौँ क्षेत्र नं ५ का कांग्रेस नेता एवं ज्येष्ठ महाधिवेशन प्रतिनिधि ८८ वर्षीय श्यामकुमार खड्काले गर्नुभएको छ ।
प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलका अनुसार कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा विशेष महाधिवेशनका लागि बनाएको कार्यविधि कानुन व्यवसायी एवं महाधिवेशन प्रतिनिधि नारायणप्रसाद भट्टराईले वाचन गर्ने कार्यक्रम छ । यसैगरी कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले बन्दसत्रको कार्यक्रम सञ्चालन गर्नेछन ।
यस्तै, बन्दसत्रमा पार्टीका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले दुई वटा छुट्टाछुट्टै प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ । महामन्त्रीद्वयले पेस गर्ने प्रस्तावमा राजनीतिक समीक्षा, पार्टीभित्रको विधि, विधान संशोधन र संरचनागत सुधार लगायतका रहेका छन् ।
महामन्त्रीद्वयले प्रस्तुत गरेको प्रस्तावमाथि विभिन्न नौ समूहमा छलफल गरेर निष्कर्षमा पुगिने प्रचारप्रसार समितिका संयोजक पोखरेलले जानकारी दिए ।
Next Post