सुचना, समाचार र मनोरन्जन

कांग्रेस स्याङ्जा क्षेत्र नं. १ को सभापतिमा डी.आर. पोखरेलको उम्मेदवारी

स्याङ्जा,

नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. १ को क्षेत्रीय सभापति पदका लागि डी.आर. पोखरेलले उम्मेदवारी प्रस्तुत गरेका छन्।

बिरुवा गाउँपालिकाको नेपाली कांग्रेसको निवर्तमान सभापतिको जिम्मेवारी सम्हालिसकेका पोखरेलले पार्टी संगठनलाई थप सुदृढ, एकताबद्ध, अनुशासित र जनमुखी बनाउने प्रतिबद्धतासहित क्षेत्रीय प्रतिनिधिसमक्ष उम्मेदवारी प्रस्तुत गरेका हुन्।

उम्मेदवारी घोषणा गर्दै पोखरेलले नेतृत्वलाई पदका रूपमा मात्र नभई संगठनभित्र सबै पक्षलाई जोड्ने, फरक विचार सुन्ने र सहकार्यको वातावरण निर्माण गर्ने जिम्मेवारीका रूपमा आफूले लिएको बताएका छन्।

Gandarbha

उनले पार्टीभित्र व्यक्तिगत आग्रह तथा समूहगत स्वार्थभन्दा संगठनलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन्। आपसी सम्मान, सहकार्य र सबैलाई समेट्ने अभ्यासबाट संगठनलाई थप प्रभावकारी बनाउन सकिने उनको भनाइ छ।

पोखरेलले आफ्नो उम्मेदवारीको मुख्य प्रतिबद्धता ‘सबैको सम्मान, सबैसँग सहकार्य र बलियो संगठन’ रहेको बताएका छन्।

क्षेत्रीय प्रतिनिधिबाट प्राप्त हुने विश्वासलाई व्यक्तिगत उपलब्धिभन्दा संगठनप्रतिको थप जिम्मेवारीका रूपमा ग्रहण गर्ने बताउँदै उनले भनेका छन्, “एकता हाम्रो शक्ति हो, सहकार्य हाम्रो संस्कार हो र संगठन हाम्रो साझा जिम्मेवारी हो।”

बिरुवा गाउँपालिकाको पार्टी नेतृत्वमा रहेर काम गरेको अनुभवसहित क्षेत्रीय नेतृत्वका लागि अघि आएका पोखरेलले संगठनभित्र संवाद, अनुशासन, सहकार्य र समावेशी सहभागितालाई प्राथमिकतामा राख्ने बताएका छन्।

Leave A Reply

Your email address will not be published.