सुचना, समाचार र मनोरन्जन

करण परियार,दले दाई सहित युएईमा ‘नेपाल आईडल विथ स्टेन्डअप कमेडी’ धमाका मच्चाउदै

काठमाडौं :

नेपाल आईडल सिजन ५ का विजेता करण परियार सहितको टिमले युएईमा नेपाली दर्शकलाई मनोरञ्जन दिलाउने भएका छन्। ‘नेपाल आईडल विथ स्टेन्डअप कमेडी’कार्यक्रममा मार्फत आगामी अगष्ट ३ र ४ तारिख युएईमा नेपाली दर्शकलाई मनोरञ्जन दिने भएका हुन्।

आयोजकका अनुसार अबुधाबी र दुबईमा आयोजना हुने कार्यक्रममा नेपाल आईडल सिजन ५ का विजेता करण परियार , फष्ट रनरअप सलोनी गुरुङ , सेकेन्ड रनरअप सचिन विश्वकर्मा सहित कमेडियनद्वय सुमन कोइराला (दले दाइ) र सजन श्रेष्ठले प्रस्तुति दिनेछन्। उनीहरुले अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) र द अरनिको ईन्टरटेन्मेन्टको आयोजनामा आफ्नो प्रस्तुती दिन युएइ जान लागेका हुन्।

यो नेपाल आईडल सिजन ५ का विजेता र उपविजेताहरुको पहिलो अन्तराष्ट्रिय कार्यक्रम हो। दामी मिडियाले अन्य देशहरूमा पनि कार्यक्रमको तयारी गरिरहेको सिइओ सुदिप पोख्रेलले जानकारी दिए ।

गन्तव्य ट्राभल एण्ड टुरिजमले मुख्य प्रायोजन गरेको कार्यक्रममा कमेडियन सजन श्रेष्ठले पहिलोपटक युएईमा प्रस्तुति दिन लागेका हुन । दले दाई उपनामबाट प्रख्यात कमेडियन सुमन कोइरालाको भने युएईमा यो दोस्रो शो हो । उनले यसअघि ईनासकै आयोजनामा दुबईमा शो गरिसकेका छन् ।
आगामी शनिवार (अगष्ट ३ तारिख) अबुधाबीस्थित मेरिडियन होटलको द एक्सचेञ्ज क्लबमा हुने कार्यक्रमको व्यवस्थापन नेपाल ड्युड्स र द जात्रा ईभेन्टसले गर्दैछ भने बिबिटी रेष्टुरेन्ट, भान्साघर रेष्टुरेन्ट , गृन स्काई ट्राभल्स लगायतले प्रायोजन गरेका छन् ।

त्यसै गरी आइतबार (अगष्ट ४ तारिख) बरदुबईस्थित क्लब एस के सेभेनमा आयोजना हुने कार्यक्रममा एनआरएनए युएई , ग्लोबल एनआरएनए , नेपाल आदिबासी जनजाति माहासंघ, नेपाली समाज , तनहुँ समाज , कास्की लगायत २८ बढी सङ्घसंस्थाको सहयोग रहेको आयोजक ईनास युएईका अध्यक्ष एमडी बोहराले र द अरनिको ईन्टरटेन्मेन्टका ईश्वर श्रेष्ठले जानकारी दिए। कार्यक्रममा सहभागी हुने कलाकारहरुको टोली शुक्रवार एयर अरेबियामार्फत दुबई उड्ने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.