काठमाडौं :
निर्देशक राजु गिरीको निर्देशनमा निर्माण हुने नयाँ फिल्म ‘डल्लेले इन्ट्री मार्याे’ मा अभिनेता प्रकाश घिमिरे भित्रिएका छन्। हालै निर्माण टिमले अभिनेता घिमिरेलाई अनुबन्ध गरेको हो।
यसअघि यस फिल्मको शीर्ष भूमिकामा निर्माण टिमले सागर लम्साल ‘बले’ अनुबन्धित गरिसकेका छन्। चैत्र तेश्रो साताबाट छायांकनको तयारीमा रहेको ‘डल्लेले इन्ट्री मार्याे’ मा सागर लम्साल,प्रकाश घिमिरेका साथमा रबिन्द्र झालगायतका कलाकारले अभिनय गर्दैछन्। यसै फिल्ममा बलेले ३५ लाख पारिश्रमिक लिएको चर्चा छ।
संचारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको स्क्रिप्ट लेखन रहेको यस फिल्ममा निर्मातामा सावित्रा चिलुवाल,आशिक बस्नेत, आदर्श बस्नेत र निर्मला बस्नेत रहेका छन्। बाबुल गिरी र रिमेशकुमार थापाको संगीत रहेको फिल्म उषा फिल्मसको ब्यानरमा निर्माण हुदैछ। फिल्मका अन्य कलाकार र प्राबिधिकको चयन कार्य धमाधम भइरहेको जानकारी निर्देशक गिरीले दिए। उनका अनुसार यो फिल्म आगामी तिहारको अबसरमा लक्ष्मीपूजामा प्रदर्शन गरिनेछ।