सुचना, समाचार र मनोरन्जन

शाहरुख खान अभिनित फिल्म ‘डंकी’को सेन्सरले चलायो कैची

काठमाडौं :

बिहीबार प्रदर्शनको तयारीमा रहेको शाहरुख खान स्टारर ‘डंकी’को केहि दृश्य र संवाद काटिएको छ। सेन्सर बोर्डले फिल्मको सेन्सर गरेपछि रनटाइम २ घण्टा ४१ मिनेट तय भएको हो। नत्र यो सवा तीन घण्टाको थियो। ।

शनिबार भारतीय सेन्सर बोर्डले डंकीका केही सीमित दृश्य र संवादमा कैंची चलाएको जनाएपछि निर्माण टिमले तनावमा देखिएको थियो। फिल्मको कथावस्तुमा कुनै असर नपर्ने गरि कैची लगाएको समेत निर्माण पक्षले दावी गरेको छ। तर, बास्तविकता भने अर्को रहेको भारतिय सञ्चार माध्यमले जनाएका छन्।

बलिउड हंगामाका अनुसार फिल्मको सुरुमा एउटा शब्दलाई परिमार्जन गरी ‘आप्रवासी’ बनाइएको थियो । इन्टरभलअघि हार्डी (शाहरुख खान) आफ्नो विवाहको समयमा बर्दीमा घोडामा बसेको दृश्यलाई पनि परिवर्तन गरिएको छ । अर्को एक महत्वपूर्ण दृश्यमा वैधानिक चेतावनी उल्लेख गर्दै ‘आत्महत्या कुनै पनि समस्याको समाधान होइन’ भनिएको छ । अन्त्यमा निर्माताले फिल्ममा प्रयोग गरिएका तथ्यांकबारे प्रमाणहरु पनि पेश गरेका थिए ।

यी परिमार्जनपछि डंकीलाई भारतीय सेन्सर बोर्डले यु–ए सर्टिफिकेट प्रदान गरेको छ । सेन्सर प्रमाणपत्रमा उल्लेखित रनटाइम १६१.२४ मिनेट तय छ । ब्लकबस्टर फिल्म निर्माता राजकुमार हिरानीद्वारा निर्देशित फिल्ममा शाहरुखका अलवा तापसी पन्नु, विक्की कौशल र बोमन इरानी लगायतको अभिनय रहेको छ।

Leave A Reply

Your email address will not be published.