सुचना, समाचार र मनोरन्जन

प्रदर्शनको मुखैमा रोकियो पुजाको ‘दान्भी’

काठमाडौं :

पूजा शर्मा अभिनित फिल्म ‘दान्भी’को प्रदर्शन रोकिएको छ। आगामी जेठ १० गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘दान्भी’ लाई निर्माण टिमले आइतबार पोस्टपोन्ड गरेका हुन्। अभिनेत्री पूजा शर्माको जन्मदिन पारेर फिल्मको अर्को प्रदर्शन मिति घोषणा गर्ने निर्माण पक्षको तयारी छ।

रुपेश तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा अभिनेत्री पूजा शर्माको दमदार एक्सन अवतार हेर्न सकिने छ। उनी पहिलो पटक एक्सन अवतारमा उत्रिन लागेकी हुन्। वितरक करण क्रेजीका अनुसार तीन वटा नेपाली फिल्म नजुधाउने कुरामा चलचित्र संघसँगको फिल्मको प्रदर्शन मिति रोकिएको हो।

‘एकसाथ ३ फिल्म रिलिज हुनु नेपाली फिल्म क्षेत्रका लागि पनि सुखद कुरा होइन,’उनले भनेका छने,‘यसैले, हामीले फिल्मको रिलिज मिति पोस्टपोन्ड गरेका हौं ।’

यता अभिनेत्री शर्माले पनि फिल्म रोकिएको जानकारी दिदै केहि दिनमा नै अर्को डेट तोकिने बताएकी छन्। फिल्मलाई रुपेश तामाङले निर्देशन गरेका हुन् भने फिल्ममा पूजा शर्मा, कुन्साङ बोमजोम लगायतका कलाकारको अभिनय छ ।

Leave A Reply

Your email address will not be published.