सुचना, समाचार र मनोरन्जन

दर्शक भेट्न पुर्व लागे दया,आँचल र विजय

काठमाडौं :

चैत ३० गतेबाट प्रदर्शनमा आएको फिल्म ‘डिग्री माइला’का कलाकार मोफसलका दर्शक भेट्न दौडिएका छन्। उनीहरु मंगलबार पुर्वका दर्शक भेट्न विराटनगर हुँदै झापासम्म पुग्ने योजना रहेको छ।

Pach Pandav

हलमा लागेको दुई दिनसम्म राम्रो कलेक्सन गरेको फिल्मले व्यापारमा उछाल मारिरहेको छ। त्यसैलाई अझै उत्साह बनाउन फिल्मका तीन मुख्य कलाकारहरु दयाहाङ राई, आँचल शर्मा, विजय बराल र कार्यकारी निर्माता मणिराम पोखरेलको टिम विराटनगरहँुदै इटहरी,धरान र बिर्तामोड पुग्नेछन्।

रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो फिल्ममा डिग्री पास गरेको एक युवाको कथाको वरिपरी घुमाइएको छ।फिल्ममा दयाहाङ, आँचल र विजयका अलवा माओत्से गुरुङ, प्रकाश घिमिरे,कमलमणि नेपाल, बुद्धि तामाङ, अनिल सुब्बालगायतको अभिनय रहेको छ । फिल्मको निर्मातामा विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार र सुष्मा गुरुङ छन्। यो एक दशक अघि मण्डलामा मञ्चन भएको नाटकलाई फिल्म्याकन गरिएको हो।

Leave A Reply

Your email address will not be published.