सुचना, समाचार र मनोरन्जन

फिल्म मेकरको रोजाईमा दया र मिरुना

काठमाडौं :

नेपाली फिल्म ‘जारी’का जोडी अभिनेता दयाहाङ राई र मिरुना मगर मेकरको नजरमा परेका छन्। उनीहरुको जोडीलाई एकपछि अर्को फिल्ममा जोडी बाँध्ने काम निर्माताले गरिरहेका छन्।

Chaka Panja

उनीहरुलाई निर्माण टिमले नयाँ फिल्म ‘घर ज्वाइँ’मा फेरि जोडी बाँधेका छन्। यो जोडी पर्दामा पाँचौ पटक देखिन लागेको हुन्। यस अघि उनीहरु अभिनीत कबड्डी ४ र जारी रिलिज भइसकेको छ भने नाङ्गो गाउँ भदौ २९ मा रिलिज हुँदैछ । यहि जोडीले अर्को फिल्म ‘रङ्गेली ग्याङस्टर’मा पनि काम गर्ने पक्का पक्की भइसकेको छ।

अनिल मगरले निर्देशन गर्ने यो फिल्ममा फिल्ममा दया र मिरुना बाहेक बुद्धि तामाङ र शिशिर वाङ्देल पनि फाइनल भइसकेका छन् । निर्देशक मगरसहित विनोद खतिवडा र सुभाष कोइरालाको संयुक्त लेखन रहेको फिल्म माघबाट फ्लोरमा जाने छ ।

Leave A Reply

Your email address will not be published.