सुचना, समाचार र मनोरन्जन

दया र मिरुनाको ‘जारी’ दुई सातामै करोड क्लबमा (फिल्म सहित)

काठमाडौं :

अघिल्लो वर्ष वर्षकै हिट फिल्म बनेको फिल्म ‘जारी’ले युटुबमा पनि किर्तिमान कायम राखेको छ। घरेलु बक्स अफिसमा १७ करोडभन्दा बढि कमाई गरेको यो फिल्मले युटुबमा पनि सर्वाधिक भ्युज बटुल्न सफल भएको छ। उपेन्द्र सुब्बा निर्देशितयो फिल्ममा कथ्य संरचना र शिल्पको निकै प्रशंसा भएको थियो।

बाँसुरी फिल्म्सका लागि ‘कबड्डी’ सिरिजपछि यो अर्को सुपरहिट फिल्मका रुपमा लिइन्छ। पहिलो साता युट्युबको शीर्ष ट्रेन्डिङमा स्ट्रिमिङ भइरहेको फिल्म अहिले रियल टाइम खण्डतर्फ ट्रेन्डिङको दशौं स्थानमा पुग्न सफल भएको छ। यो समाचार तयार पार्दासम्म १२ हजारभन्दा बढी कमेन्ट आएका छन्। ति अधिकांशमा सकारात्मक प्रतिक्रिया रहेका छन्।

नेपालको उक्त उक्तपूर्वी जिल्ला पाँचथर,ताप्लेजुङ आसपासका लिम्बू समुदायमा प्रचलित जारी प्रथालाई फिल्ममा समावेश गरिएको छ। यस फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल लगायतका कलाकारहरुले अभिनय गरेका छन्।

Leave A Reply

Your email address will not be published.