सुचना, समाचार र मनोरन्जन
IVF New Banner

फागुन २५ मा दया र मिरुनाको दुई फिल्म एकआपसमा भिड्दै

काठमाडौं :

नेपाली दर्शकमाझ पछिल्लो समय लोकप्रिय बनेका कलाकार हुन् दयाहाङ राई र मिरुना मगर । यो जोडीले अभिनय गरेका अधिकांश फिल्म बक्स अफिसमा सफल भएका छन्।

Safal
IVF Post

गत बैशाख १ गते फिल्म ‘जारी’ र ‘बिहे पास’जुधेर तनाबमा रहेको दया अब फागुनमा पनि यहि समस्या भोग्नेवाला छन्। उनी अभिनित दुई फिल्म एकसाथ जुध्ने भएपछि उनी तनावमाको सामना गर्न तयार हुनुपर्ने छ। आउँदो फागुन २५ गते मिरुना र दया अभिनित फिल्म ‘रंगेली’ र ‘लोकल हिरो’ भिड्ने भएका छन्। दुवैतर्फमा निर्माताले यहि मितिमा दया र मिरुना अभिनित फिल्म जुधाएका छन्। यदि यि दुवै फिल्मका निर्माताबीच कुनै सहमति नजुटेको खण्डमा एक साथ प्रदर्शनमा आउनेछन् ।

तिहारलगत्तै छायांकनमा जाने तयारीमा रहेको फिल्म लोकल हिरो’ले फिल्मको प्रदर्शन मिति तोकिसकेको छ । यता फिल्म ‘रंगेली’नेपालको पुर्वी जिल्लाहरुमा धमाधम छायांकन भइरहेको छ। फिल्म ‘लोकल हिरो’का निर्माता सरोज न्यौपानेले आफ्नो फिल्म उक्त मितिमा रिलिज हुने जानकारी दिइसकेका छन्।

यहि मितिमा अर्थात फागुन २५ मा नवल खड्काको फिल्म ‘काँडेतार’ समेत प्रदर्शनमा आउँदैछ। नवल खड्काले दुई महिना अघि नै यो मितिमा आफ्नो फिल्म प्रदर्शन गर्ने बताइसकेका थिए। पछि यहि मितिमा दयाका दुई फिल्म भिड्न आएका हुन्। अब एकै दिन तीन फिल्म हलमा लाग्ने पक्कापक्की भइसकेका छन्।यसको मार निर्माता र कलाकार दुवैलाई हुने देखिन्छ।

Leave A Reply

Your email address will not be published.