सुचना, समाचार र मनोरन्जन

दयाहाङ र सौगातको टक्कर : ‘मितज्यू’ मा भिड्दै नेपाली सिनेमाका दुई खम्बा

काठमाडौं :

नेपाली चलचित्र उद्योगका दुई प्रतिष्ठित अभिनेता दयाहाङ राई र सौगात मल्ल ‘मितज्यू’ मार्फत पुनः एकपटक मुख्य भूमिकामा सँगै देखिने भएका छन् । आगामी जेठ ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको यस फिल्ममा यी दुई भेट्रान कलाकारलाई केन्द्रमा राखेर ‘मितज्यु’को कथा प्रस्तुत गरिएको छ।

विगतमा ‘लुट’ र ‘कबड्डी’जस्ता व्यावसायिक रूपमा सफल फिल्महरूमा आमनेसामने भएका यी दुई अभिनेताको टकरावलाई नै यसपटक पनि फिल्मको मुख्य आकर्षण बनाइएको छ ।

निर्देशक अनिल बुढा मगरका अनुसार फिल्मको कथावस्तु दुई मितबीचको मित्रता, एक युवतीको प्रवेश र यातायातको रुट व्यवस्थापनको विषयमा उत्पन्न हुने उतारचढाव र द्वन्द्वको वरिपरि घुमेको छ। नेपाली ग्रामीण परिवेश, संस्कार र संस्कृतिलाई समेटेको यस फिल्ममा दयाहाङ र सौगातका साथै तेरिया मगर पनि मुख्य भूमिकामा छिन्। जनक घर्ती मगरद्वारा निर्मित तथा शिशिर बिशंखेको छायांकन र लोकेश बज्राचार्यको सम्पादन रहेको यस फिल्ममा खड्गबहादुर पुन मगर (खबपु), शिशिर वाङ्देल, पुस्कर गुरुङ लगायतका कलाकारहरूको अभिनय रहेको छ।

दुई स्थापित अभिनेताको अभिनय र उनीहरूबीचको टसलले दर्शकलाई हलसम्म आकर्षित गर्नेमा निर्माण पक्ष पूर्ण रूपमा ढुक्क देखिएको छ।

Leave A Reply

Your email address will not be published.