सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

दिनेशको ‘गाउँ नै रमाइलो’मा दयाहाङ र आर्यन फाइनल

काठमाडौं :

यस वर्षको सुपरहिट फिल्म ‘नाङ्गो गाउँ’का निर्माता हिमाल कडरियाले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्। हिमालले निर्माण गर्न लागेको नयाँ फिल्मको नाम ‘गाउँ नै रमाइलो’ राखिएको छ । यो फिल्मलाई दिनेश राउतले निर्देशन गर्ने पक्का भएको छ । फिल्ममा विकास सुवेदीको लेखन रहनेछ । दिनेशले फिल्म ‘पुजार सार्की’को काम सकेपछि ‘गाउँ नै रमाइलो’को छायांकन सुरु गर्नेछन्।

IVF Big

यसैबिच, यो फिल्ममा नेपाली फिल्म क्षेत्रका दुई सुपरस्टार नायकहरुको टिमअप पक्का भएको छ। फिल्ममा नायकद्धय दयाहाङ राई र आर्यन सिग्देलले काम गर्ने पक्का भएको निर्माता कडरियाले जानकारी दिएका छन्। दया र आर्यनले यसअघि फिल्म ‘मेरो एउटा साथी छ’मा काम गरेका थिए । यी दुई नायकको टिमअपले फेरि दर्शकमाझ नयाँ उत्साह थपिने पक्का छ ।

यो फिल्मलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने घोषणा समेत गरिएको छ । क्लक वार्क क्रियशनको ब्यानरमा निर्माण हुने यो फिल्मले गाउँको कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने वुझिएको छ। फिल्मका अन्य कलाकारहरुको घोषणा विस्तारै गरिने निर्माणपक्षले बताएको छ। यो फिल्मको नेपाल वितरणको जिम्मा आरआर फिल्मस्ले लिएको छ ।

यस्तै, ओभरसिजमा एमएसएम इन्टरटेन्मेन्टले यो फिल्म वितरणको जिम्मा लिएको छ। फिल्मको छायांकन आउँदो वर्षको जेठबाट सुरु हुने निर्माणपक्षले उल्लेख गरेको छ । निर्माता कडरियाले फिल्म ‘दुःखी आत्मा’ निर्माणको घोषणा पनि गरिसकेका छन्। दीपेन्द्र लामाले निर्देशन गर्ने यो फिल्ममा दयाहाङ राई फाइनल भइसकेका छन्।

Leave A Reply

Your email address will not be published.