सुचना, समाचार र मनोरन्जन

पुस २७ गते हलमा लाग्ने ‘पर्खी बसें तिमीलाई’ को ट्रेलर हेरेर दर्शकले के भने ?

काठमाडौँ :

आउँदो पुस २७ गते प्रदर्शन तय गरिएको फिल्म ‘पर्खी बसें तिमीलाई’ को सार्वजनिक ट्रेलरले सकारात्मक प्रतिक्रिया पाएको छ । युट्युबमा सार्वजनिक ट्रेलरलाई हेर्नेले तारिफ गरेका छन् । प्राय धेरैपछि प्रेमकथानकमा आधारित फिल्म हेर्न पाउने भन्दै उत्साहित छन् । केहीले ‘पर्खी बसें’ झैँ यसपटक पनि नयाँ कलाकार भित्र्याएको भन्दै निर्देशक दीपक श्रेष्ठको तारिफ गरेका छन्।

निर्देशक श्रेष्ठको निर्देशनमा तयार भएको २७ औँ फिल्म ‘पर्खी बसें तिमीलाई’ पुस २७ गते प्रदर्शन तय गरिएको फिल्मका निर्माता राजाराम बुढाथोकीले जानकारी दिए । ‘यसमा पनि नयाँ कलाकारलाई लिएर काम गरेको छु । उहाँहरूको भविष्य उज्वल देखिएको छ । नयाँ प्रस्तुती भएपनि काममा भने त्यो देखिदैन । उनीहरूलाई फिल्म उद्योगले स्वागत गर्नेमा विश्वस्त छु’, निर्माता बुढाथोकीले भने ।

Chaka Panja

सार्वजनिक ट्रेलरमा आकाश (किरण) र आभा (रक्षा) को भेट, बढ्ने सामिप्यता, प्रेम र विछोडलाई देखाईएको छ । फिल्ममा आकाशले पठाओ चालकको भूमिका निर्वाह गरेका छन् भने आभा सम्पन्न परिवारको छोरीको भूमिकामा छिन् । यसमा लोकप्रिय गीत ‘कालो चस्मा लाउ है मैया’ रीमेक गरिएको छ । फिल्म ‘बादलपारी’ मा समावेश लोकप्रिय गीतको रीमेकमा सुरेन्द्र राणाकै शब्द र शम्भुजित बाँस्कोटाको सङ्गीत रहेको छ । गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाएका छन् ।

रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।

यसको छायांकन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ । फिल्म काठमाडौँ उपत्यकामा करण श्रेष्ठले रीच इन्टरटेनमेन्ट मार्फत र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछ ।

Leave A Reply

Your email address will not be published.