सुचना, समाचार र मनोरन्जन

फिल्मको नाम ‘खजुरे ब्रो’ सुनेर हाँसे धरानका मेयर हर्क

काठमाडौँ :

निर्देशक सुरज सुनुवारको निर्देशनमा बन्न लागेको फिल्म ‘खजुरे ब्रो’को टिम यतिबेला धरानमा प्री प्रोडक्सनको कार्य धमाधम भई रहेको छ। दिब्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा बन्न लागेको फिल्मको युनिट धरानमा लोकेसन हन्टिंग पनि गरि रहेको छ । कमेडी जनरामा बन्ने फिल्मको लेखन समेत रहेका निर्देशक सुनुवार कथा अनुसारको लोकेसन हेरिरहेका छन्।

यसैको सिलसिलामा उनले धरान उपमहानगपालिकाका मेयर हर्कराज राईलाई भेटेका छन्। ८ वर्षअघि फिल्म ‘षडङ्ग’को निर्देशन गरेका सुनुवारले फिल्मका लागि लोकेसन हेर्दै धरानका मेयर राईलाई फिल्मको कथाबारे सुनाएका छन्। मेयर हर्कले फिल्मको नाम ‘खजुरे ब्रो’ को कथा सुनेर मज्जाले हाँसेका थिए। फिल्मको कथा मन परेको र आफुले फिल्मका निर्माण टिमलाई सक्दो सहयोग गर्ने बचन दिएको फिल्मका कार्यकारी निर्माता डायमण्ड उप्रेतीले बताए।

नबीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्न लागेको फिल्मका कार्यकारी निर्माता डायमण्ड उप्रेती हुन्। शिशिर बिसंखेले छायाँकन गर्ने फिल्मको माघ पहिलो साताबाट फ्लोरमा जाने निर्माण पक्षले जानकारी दिएको छ।

अनमोल गुरुङको संगीत रहने रहने फिल्ममा प्रकाश भुजेल युनिट प्रोडक्सन मेनेजर तथा प्रदीप भण्डारी लाइन प्रोडुसर रहेका छन्। हेम चन्द्र राई र सतिश राई स्थानीय को–अर्डिनेटर रहेका छन्। निर्माण पक्षले फिल्मको छायांकनका लागि लोकेसन इटहरी,धरान,दार्जेलिङ र काठमाडौँमा हुने जानकारी दिएको छ।

Leave A Reply

Your email address will not be published.