सुचना, समाचार र मनोरन्जन

हलमा चलिरहेको फिल्म ‘दयारानी’को ‘लाइदेउ छपक्कै’ गीत सार्वजनिक

काठमाडौं :

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘दयारानी’ले बक्स अफिसमा सुखद् कमाई गरिरहेको बेला फिल्ममा समावेश एउटा गीत रिलिज गरिएको छ । निर्माण टिमले फिल्मको तीन दिनमा १ करोड २५ लाख कमाएको दावी गरिरहेको बेला फिल्ममा समावेश गीत ‘लाइदेउ छपक्कै’ रिलिज गरिएको हो।

Pach Pandav

लोक शैलीको गीतमा विनोद बानियाँको संगीत, मन क्षेत्रीको शब्द रचना तथा संगीतकार बानियाँ र मेलिना राईको युगल स्वर रहेको गीतको भिडियो रिलिग गरिएको हो। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, विजय बराल, शिरिषा कुँवरले नृत्य गरेका छन्।

माओत्से गुरुङको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ राई, दीया पुन, नयन गुरुङ, शिरिषा कुँवर, पुष्कर गुरुङ, प्रमिश गुरुङ, विजय बराल, सतिदेवी गुरुङ लगायतको अभिनय छ । एक निःसन्तान दम्पतीको कथामा आधारित भएर बनेको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् ।

Leave A Reply

Your email address will not be published.