सुचना, समाचार र मनोरन्जन

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता असुल्न विद्युत् प्राधिकरणलाई निर्देशन

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गर्नुभएको छ । आज दिउँसो सिंहदरबारमा रहेको मन्त्रालयमा पुगेर उहाँले पदभार सम्हालेका हुन ।

पदभार ग्रहण गर्दै मन्त्री घिसिङले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता असुल्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेका छन । घिसिङले प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता असुल्ने प्रयास गरेका थिए । तर तत्कालीन सरकारले यसमा रोकावट गरेको थियो ।

विगत एक दशकयता सधैँ चर्चाको शिखरमा रहनुभएका कुलमान घिसिङले ऊर्जामन्त्रीको जिम्मेवारी पाउनुभएको छ । झन्डै आठ वर्षअघि घिसिङले पहिलो पटक विद्युत् प्राधिकरणको नेतृत्व सम्हालेका बेला नेपाल ’लोडशेडिङमुक्त’ भएको घोषणा गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.