सुचना, समाचार र मनोरन्जन

ब्रेन ट्यूमरको सफल शल्यक्रियापछि डिस्चार्ज भइन् अभिनेत्री दीपाश्री निरौला

काठमाडौं :

ब्रेन ट्यूमरको शल्यक्रियापछि सुपरहिट अभिनेत्री तथा फिल्म निर्देशक दीपाश्री निरौला अस्पतालबाट डिस्चार्ज भएकी छन्। उनी अस्पताल बसाइको १८ दिनपछि दीपाश्री डिस्चार्ज भएकी हुन्। उनको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा स्वास्थ्यलाभ गरिरहेकी थिइन्।

अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबुकमा दीपाश्रीको मुस्कानसहितको ताजा तस्वीर पोस्ट गरेका छन्।जहाँ उनले जनचेतना स्वरुप ४० काटेपछि एकपटक मस्तिष्कको अवस्था परीक्षण गर्न सबैलाई अनुरोध गरेका छन्। साथै उनले सम्पूर्ण शुभेच्छुकहरू, उपचारमा संग्लग्न स्वास्थ्यकर्मीहरू अस्पतालमा आएर उहाँलाइ आशीर्बाद प्रदान गर्नु हुने सम्पूर्ण महानुभावलाई धन्यबाद दिएका छन्।

Leave A Reply

Your email address will not be published.