सुचना, समाचार र मनोरन्जन

‘पार्वती’को ‘नौतुना रेलैमा’लाई हेर्ने दर्शक साढे १४ लाख कटे,बढ्नेक्रम जारी

काठमाडौं :

नीता ढुङ्गाना निर्देशित बहुप्रतिक्षित नेपाली फिल्म ‘पार्वती’को चर्चित गीत ‘नौतुना रेलैमा’लाई दर्शकले अत्यधिक रुचाएका छन्। यो समाचार तयार पार्दासम्म यो गीतको भिडियोलाई १४ लाख २९ हजार भन्दा बढि दर्शकले हेरेका छन्। साथै यस गीतकोे भिडियोलाई युटुबमा एक हजार ६८ जनाले प्रतिक्रिया दिएका छन्। अधिकांशले यो गीत मन परेको भन्दै फिल्म हेर्ने प्रतिक्रिया दिएका छन्।

यस गीतका संगीतकार दीपक शर्माले गीत निर्माणमा खटिएका सबै श्रष्टालाई धन्यवाद दिएका छन्। उनी लेख्छन्,‘म संगीतकार दीपक शर्मा। चलचित्र ‘पार्वती’ मा समावेश गीत ‘नौटुना रेलैमा’ का गीतकार हर्क साउद, गायिकाहरू रचना रिमाल, सहिमा श्रेष्ठ र सरु गौतम, संगीत संयोजक नरेन्द्र बियोगी, चलचित्र ‘पार्वती’ की नायिका नीता ढुंगाना तथा यस गीतमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउनुहुने सम्पूर्ण टिमप्रति हार्दिक आभार व्यक्त गर्दै यो गीत यहाँहरू माझ समर्पित गर्दछु।’

यो गीतलाई सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म टिकटकमा सर्वाधिक रुचाइएको छ। अहिलेसम्म ओएसआर डिजिटलको टिकटक अकाउन्टमा ४६ हजार हाराहारीले टिकटक भिडियो निर्माण गरेका छन्। गीत टिकटकसँगै फेसबुक, युट्युबलगायतका प्लेटफर्ममा समेत भाइरल भईरहेको छ। जुन सकरामत्क पक्ष हो।

निर्माण पक्षले केही समयअघि ‘नौतुना रेलैमा टिकटक प्रतियोगिता’ समेत घोषणा गरेको थियो। प्रतियोगितामा सहभागी हुन इच्छुक दर्शकले उक्त गीतमा सिर्जनात्मक भिडियो बनाएर टिकटकमा पोस्ट गर्नुपर्ने व्यवस्था गरिएको थियो। निर्माण पक्षका अनुसार प्रतियोगिताका उत्कृष्ट तीन विजेताले आकर्षक नगद पुरस्कार प्राप्त गर्नेछन्। जसअनुसार प्रथम हुनेले ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। साथै पाँच जना सहभागीलाई चलचित्रको निःशुल्क टिकट प्रदान गरिने घोषणा गरिएको थियो।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू नीता ढुङ्गाना, दीपाश्री निरौला, अञ्जली अधिकारी,सिरु विष्ट,बसुन्धरा भुसाल, आशा पौडेल,अशोक दर्जी र क्रिमसन श्रेष्ठले नृत्य गरेका छन्। विवाहको समयमा महिलाहरूले खेल्ने रत्यौली संस्कृतिलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको गीतको भिडियोमा दीपाश्री निरौला पुरुषको भेषमा देखिएकी छन् भने नीता ढुङ्गाना महिलाकै पहिरनमा देखिएकी छन्।

नीता ढुङ्गानाकै कथा तथा निर्देशनमा बनेको चलचित्र ‘पार्वती’मा उनी स्वयं मुख्य भूमिकामा रहेकी छन्। फिल्ममा नीतासँगै दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ।निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्।

आगामी भदौ १२ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्ममा सुदीप बरालको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ। यस फिल्मका प्रोडक्सन म्यानेजर तथा कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने निर्माता हरिहर अधिकारी रहेका छन्।

Leave A Reply

Your email address will not be published.