सुचना, समाचार र मनोरन्जन

प्रदर्शन अगावै चर्चामा ‘पेन्सन पट्टा’ : दशैँ तिहारसम्मै दर्शक तान्ने दर्शकको अपेक्षा

काठमाडौं :

आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘पेन्सन पट्टा’को चर्चा हुन थालेको छ। प्रदर्शनमा आउन एक महिना बाँकी छँदै यो फिल्मको चर्चा हुन थालेको हो। एक हप्ताअघि रिलिज भएको मौलिक गीत ‘जुनी जाला’ले झनै चर्चा थपि दिएको हो।

‘जुनी जाला’ मा गुरुङ समुदायको मौलिक संस्कृति, भेषभूषा, संगीत र जीवनशैलीलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ। त्यसले पनि होला दर्शकले अत्यधिक मन पराएको प्रतिक्रिया दिएका छन्।

रिमराना मगरले यो फिल्मले आउँदै गरेको तीज मात्रै नभएर दशैँ तिहारसम्म दर्शकलाई मनोरञ्जन दिने प्रतिक्रिया दिएका छन्। युट्युबमा उनी लेख्छन्,‘गीत राम्रो लाग्यो। यो गीतले आउँदै गरेको दशैँ तिहारमा सबैतिर तहल्का पक्कै मच्चाउने छ। चलचित्र ‘पेन्सन पट्टा’ सुपर डुपर हिट होस् सम्पूर्ण सम्वद्ध निर्माता, निर्देशक तथा कलाकार प्रति अग्रिम शुभकामना।’

केहिले अभिनेता दयाहाङ राईको प्रशंषामा समय खर्चिएका छन्। रुपेश रायमाझीले भोजपुरको सान दयाहाङ भन्दै आफ्नो समय खर्चिएका हुन्। उनी लेख्छन्,‘हाम्रो भोजपुर को सान दयाहाङ राइको असली फ्यान यता आउनुहोस त?’

यस फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, माया गुरुङ, विश्वास गुरुङ,पशुपति राई लगायतको मुख्य भुमिका रहेको छ। यस फिल्मका लेखक तथा निर्देशक माओत्से गुरुङ हुन्। उनले ‘पेन्सन पट्टा’ गुरुङ समुदायको मौलिक जीवन, परम्परा र सामाजिक यथार्थलाई केन्द्रमा राखेर निर्माण गरिएको भए भन्दै आएका छन्। यस फिल्मका गीतमा हर्क साउदको शब्द, मनोज थापा मगरको संगीत रहेको छ भने राजबहादुर गुरुङ, सरुन गुरुङ, उषा गुरुङ र प्रिया गुरुङले गाएका छन्।

Leave A Reply

Your email address will not be published.