सुचना, समाचार र मनोरन्जन

‘प्रोजेक्ट नजिक ’पोडकास्ट श्रंखला संचालन गर्दै गायक दीपक बज्राचार्य

काठमाडौं :

दुई दशकभन्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक दीपक बज्राचार्य अब भने पोडकास्ट श्रंखला ‘प्रोजेक्ट नजिक ’को संचालन मार्फत पनि दर्शक माझ आउने भएका छ। यसअघि पनि टेलिभिजनको सांगीतिक कार्यक्रम टिएमएसका मार्फत धेरै इपिसोड कार्यक्रम संचालक भएका गायक बज्राचार्यको पोडकास्ट श्रंखला ‘प्रोजेक्ट नजिक ’ मगलबार बेलुका ८ बजे देखि एपिवान टेलिभिजनबाट प्रसारण हुने भएको छ।

पर्दा पछाडी रहेर समाजमा योगदान हरेक क्षेत्रका ब्यतित्त्वहरु जो संग अहिले सम्म लुकेका कुराहरु दर्शक माझ ल्याउन ,आफ्नै समकालीन साथीहरुसंग बसेर आफ्नो शुभ चिन्तकहरु संग नजिक हुन ,ओझेलमा परेका स्रस्टाहरुको योगदानको कदर आफ्नै दर्शक माझ ल्याउन
र लोप हुन लागेको र नचिनिएको नेपाली बाजाहरुलाइ नजिकबाट चिनाउनको लागि ‘प्रोजेक्ट नजिक ’को पोडकास्ट श्रंखला संचालन गर्न लागिएको गायक दीपक बज्राचार्यले जानकारी दिनु भयो।

पोडकास्ट श्रंखला ‘प्रोजेक्ट नजिक ’को सार्वजनिक प्रोमोमा बरिस्ठ लोकगायक कुमार बस्नेत ,लोकप्रिय संचारकर्मी प्रकाश सुवेदी ,नेपालका पहिलो ड्रमर देव राना, सांगीतिक ब्याण्ड १९७४ एडीका गीतारिस्ट मनोज केसी लगायतको क्लिप्स राखिएको छ। एपिवान टेलिभिजनमा प्रसारणपछि पोडकास्ट श्रंखला ‘प्रोजेक्ट नजिक ’का इपिसोडहरुलाइ युट्युबमा भने गायक दीपक बज्राचार्यको युट्युब च्यानल ुडी प्रोडक्सनु मार्फत हेर्न सकिने छ ।

Leave A Reply

Your email address will not be published.