सुचना, समाचार र मनोरन्जन

दीपक र निर्मललाई लिएर फिल्म निर्माण गर्दै सरोज

काठमाडौं :

अभिनेता दीपकराज गिरी र निर्माता सरोज न्यौपानेले आगामी अनटाइटल फिल्ममा सहकार्य गर्ने भएका छन्। बुधबार दीपकराजले सरोजसँग हात मिलाएको एक तस्वीर सञ्जालमार्फत सार्वजनिक फिल्ममा सहकार्य गर्न लागेको जानकारी गराएका छन्।

निर्माता सरोजले दीपकसँग हात मिलाउदै दीपकसँगै निर्मल शर्मालाई पनि फिल्मका लागि अनुबन्ध गरिएको बताएका छन्। जहाँ निर्मला शर्मालाई पनि फोटोमा देख्न सकिन्छ। केहि दिनअघि फिल्म ‘फनफनी घुमेर’ घोषणा गरेका निर्माता न्यौपानेले कतै यहि फिल्मका लागि अनुबन्ध गरेका त होइन्। यस कुरामा भने स्पष्ट पारेका छैनन्।

दीपक र निर्मलको अभिनय रहने फिल्ममा अन्य कलाकारको बारेमा जानकारी दिइएको छैन भने निर्देशकसँग छलफल भइरहेको बुझिएको छ। बैशाखबाट सुटिङ हुने यो फिल्मको रिलिज आगामी वर्षको तिहारमा हुनेछ।

Leave A Reply

Your email address will not be published.