सुचना, समाचार र मनोरन्जन
IVF New Banner

‘पूजा सर : राजागंज’को पोस्टर सार्वजनिकसँगै प्रदर्शन मिति घोषणा

काठमाडौं :

‘पूजा सर : राजागंज’को पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले पोस्टरसँगै प्रदर्शन मिति तोकेका छन्। यो आगामी चैत १ गतेबाट देशभर रिलिज हुने निर्माण पक्षले जनाएको छ। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार फिचर्ड छन्। दयाहाङ राई, आशा मगराती, विजय बराल र निकिता चाण्डक पोस्टरमा छन्। दयाहाङ प्रहरी एसपीको पोशाकमा देखिएका छन्। कुनै घटनाका लागि तयार रहेको प्रहरी टोलीजस्तो देखिएको छ।

Safal
IVF Post

‘पूजा सर ः राजागंज’लाई ‘ह्वाइट सन’ फेम्ड निर्देशक दीपक रौनियारले निर्देशन गरेका छन् । रौनियार तिनै निर्देशक हुन जसको पछिल्लो रिलिज ‘ह्वाइट सन’को प्रशंसा विश्वविख्यात ब्राजिली लेखक पाउलो कोहेलो समेतले प्रशंसा गरेका थिए। यो सिनेमालाई ‘द न्यूयोर्क टाइम्स’ले हेर्नुपर्ने ९ नव निर्देशकको सूचिमासमेत राखेको थियो।

फिल्मलाई ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले निर्माण गरेका छन् । फिल्मलाई पुलिस थ्रिलरको जनरामा राखिएको छ भने फिल्ममा ऋचा शर्मा, पशुपति राई, गौमाया गुरुङ, घनश्याम मिश्रा, आरती मण्डल तथा पुष्पा यादवको पनि अभिनय रहेको छ ।

Leave A Reply

Your email address will not be published.