काठमाडौं :
लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले आगामी बुधबार अर्थात जनवरी २९ तारिखका दिन भारत पश्चिम बंगालको कालिम्पोङमा सांगीतिक प्रस्तुती दिने भएका छन्। कालिम्पोङ नगरपालिकाको आयोजनामा मेला ग्राउण्डमा जनवरी २८ देखि ३० सम्म ३ दिन चल्ने ुकालिम्पोङ म्युनिसिपैलिटी फेस्ट २०२५ ु नाम दिईएको उक्त मेलामा २९ तारिखमा नेपालको चर्चित गायकको टिमले भब्य प्रस्तुती दिन लागेको हो।
तीन दशकदेखि नेपाली संगीतमा रमाइरहेका र पप संगीतमा बैग्लै पहिचान बनाउन सफल गायक बज्राचार्यको पछिल्लो बहुचर्चित गीत ‘मनमगन’ हिट भएको थियो। यो गीतलाई दर्शकले रुचाएपछि उनी देश बिदेशका धेरै सांगीतिक कन्सर्टहरुमा व्यस्त हुन पुगेकाछन्। नेपाली कला, संगीत संस्कृतीको प्रवर्धनलाई सदैव लागिपरेका उनले कार्यक्रममा नेवारी धिमे बाजा, जात्रा, धिमे बोल, कुमारी, लाखे नाचका साथै अन्य मौलिक, परम्परागत संस्कृति झल्कने छलिया नाच, झाँक्री नाच पनि समावेश गर्दै नेपाली संगीतको साथमा कला र संस्कृतीलाइ पनि त्यतिकै अन्तररास्ट्रीय करण गरिरहेका हुन्छन।