काठमाडौँ :
अभिनेत्री दीया पुनले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल आरोहण गरेकी छन् । आइतबार बिहान ७ बजे उनले किलिमन्जारोको हिमालको चुचुरोमा पुगेकी हुन्।
उनले हिमालको शिखरमा नेपाली झण्डा समेत फहराएकी छन्। ५ हजार ८ सय ९५ मिटर (१९ हजार ३४१ फिट) अग्लो उक्त हिमालको चुचुरोमा पुगेको जानकारी दिदै अर्काे एक सपना पुरा भएको बताएकी छन् । दीयाले अघिल्लो वर्षको जेठमा विश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथाको सफलता पूर्वक आरोहण गरेकी थिइन् ।
नेपाली फिल्म ‘वीर विक्रम’बाट अभिनयमा डेब्यु गरेकी दीयाको गत असारमा फिल्म ‘अन्तिम संस्कार’ प्रदर्शनमा समेत आइसकेको छ। ऋब उनको पछिल्लो फिल्म ‘दयारानी’ प्रदर्शनको तयारीमा छ।