सुचना, समाचार र मनोरन्जन

पुराना दलका नेतालाई रविको सन्देशः इतिहास तपाईले लेख्नुभयो, भविष्य हामी बनाउँछौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना दल र नेताले गरेको त्याग र संघर्षले गर्दा नै आज यो अवस्थामा आएको बताएका छन्।

रास्वपाले नवनिर्वाचित सांसदका लागि आयोजित अभिमुखीकरण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै सपभाति लामिछानेले पुराना दल र नेतालाई स्मरण गरे। पुराना दल र नेताको त्यागले अहिलेको अवस्थामा आइपुगेको बताउँदै लामिछानले भने, ‘उहाँहरूले नरअन्दाज गर्न मिल्दैन। सबैलाई स्मरण गर्न चाहन्छु, धन्यवाद दिन्छु।’

अहिलेसम्म देशलाई यो अवस्थामा ल्याएको अव यसलाई रास्वपाले अगाडि बढाउने उनको भनाइ थियो। पुराना दल र नेतालाई स्मरण गर्दै लामिछानेले भने, ‘इतिहास तपाईले लेख्नु भयो, भविष्य हामी बनाउँछौँ।’

उनले आफ्ना नेता र कार्यकर्तालाई पुराना दलका नेतालाई कटाक्ष नगर्न पनि आग्रह गरे। ‘कुनै पनि पुराना दल र नेतालाई कटाक्ष भयो भने त्यो अनर्थ हुन जानेछ,’ उनले भने।

सभापति लामिछानेले आफ्ना नेता, कार्यकर्ता र समर्थकलाई पनि संयमित भएर प्रस्तुत हुन आग्रह गरे। ‘विजेता हुनुको अर्थ जिम्मेवार हुनु हो, विजेता हुनेको छाडा हुनु होइन। विपक्षीलाई कटाक्ष गर्ने अधिकार प्राप्त हुनु होइन,’ उनले भने।

उनले सामाजिक सञ्जाल वा अन्य माध्यममा संयमित भएर प्रस्तुत हुन आफ्ना समर्थकलाई आग्रह गरे। अहिलेसम्म बनेको रास्वपा समर्थकको छवि सुधार्नुपर्ने उनको भनाइ थियो।

Leave A Reply

Your email address will not be published.