काठमाडौं :
प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’ को अवसर पारेर पूर्वी पहाडी जिल्ला पाँचथरको सदरमुकाम फिदिममा अहिले सम्मकै सबैभन्दा ठुलो सांगीतिक कार्यक्रम हुने भएको छ। हेल्प टुगेदर फाउन्डेसन (एचटीएफ) फिदिमको आयोजनामा हुने उक्त कार्यक्रममा लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले प्रस्तुती दिने भएको हो।
फाल्गुन २ गते शुक्रबार अर्थात भ्यालेन्टाइन्स डेको अवसरमा फिदिम मावि को चौरमा हुने उक्त सांगीतिक कार्यक्रमको लागि अहिले स्टेज बनाउने काम भैरहेको र फिदिममा अहिले सम्मकै ठुलो कार्यक्रम भएकाले साउण्ड सिस्टम र लाइटहरु धरान ,विराटनगर देखि ल्याउन लागिएको आयोजकले जानकरी दिए।
गत हप्ता मात्रै भारतको पश्चिम बंगालस्थित कालिम्पोङमा भब्य साङ्गीतिक प्रस्तुति दिएको मन मगन गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले भब्य सांगीतिक प्रस्तुति दिन लागेको हो। कार्यक्रममा आफ्ना नयाँ र पुरानो गीतहरुको साथमा परम्परागत संस्कृति झल्कने लाखे नाच, झाँक्री नाच समेत प्रस्तुत गरिने ब्याण्डले जनाएको छ ।