सुचना, समाचार र मनोरन्जन

‘देववाणी’को ‘तिमीलाई सधैं भरी’मा प्रताप र सुनिताको स्वर,भारतिय अभिनेताको डान्स

काठमाडौं :

मंसिर ७ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘देववाणी’को पहिलो गीत ‘तिमीलाई सधैं भरी’ सार्वजनिक भएको छ। राजधानीमा आइतबार एक कार्यक्रम गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो।

निर्देशक बाबु साहेब बलामी निर्देशित फिल्मको गीतमा प्रताप दास र सुनिता कार्कीको स्वर,भोला पौडेलको शब्द, मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत छ।

भारतमा खिचिएको गीतमा फिल्मका अभिनेता कुन्दन भारद्वाज र अभिनेत्री अनुजा लेप्चा फिचर्ड छन्। उनीहरुलाई रोमान्टिक भावमा देखाइएको छ। तेन्जु योञ्जनको कोरियोग्राफी रहेको यस गीतको भिडियोमा भारतका सुन्दर ठाउँहरुमा खिचिएिको देख्न सकिन्छ। सोही कार्यक्रममा फिल्मको टिजर र अर्को एक गीत पनि सार्वजनिक गरिएको थियो।

Pach Pandav

मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनिल थापा, ध्रुब कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमल्सिना र मौसम पौडेलको अभिनय छ ।

सिमरा, वीरगन्ज, इटहरी र काठमाडौंमा छायांकन भएको फिल्ममा निराजन मेहता मन्जिलको पटकथा तथा संवाद, हरिबहादुर घलेको छायांकन, श्री श्रेष्ठ र देव महर्जनको द्वन्द्व, रामजी लामिछाने र तेन्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत, बन्दे प्रसादको सम्पादन, प्रविण ढकालका कलर, सत्यम रानाको भीएफएक्स, बन्दे प्रसादको टिजर र ट्रेलर, प्रमोद परियारको ब्याकग्राउण्ड स्कोर, रञ्जित मण्डलको साउण्ड डिजाइन्, तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन छ ।

फिल्ममा मिना खड्का र हिराबहादुर लेप्चा निर्माता छन् । फिल्मको कार्यकारी निर्माता मनकुमार लेप्चा र रमेश ढुंगेल ‘झापाली’ हुन् । फिल्म नेपाली र हिन्दी भाषामा निर्माण भएको छ ।

Leave A Reply

Your email address will not be published.