पोखरा :
” प्याराग्लाइडिङ फेरि उड्दैछ — पोखराको आकास फेरि रंगीन lपोखराको पर्यटकीय आकाश फेरि चहलपहलमा फर्किएको छ। लामो संघर्षपछि प्याराग्लाइडिङ अवतरणस्थल पुनः खपौदी (इन्ड अफ द लेक) मा सर्नु मात्र होइन, उडान समय पनि बिहान ११ बजेदेखि दिउँसो साढे ४ बजेसम्म विस्तार गरिएको छ। यसले व्यवसायमा नयाँ ऊर्जा थपेको छ।
यो ऐतिहासिक पुनःस्थापनालाई समर्थन गर्दै पोखरा महानगरपालिकाका प्रमुख मेयर श्री धनराज आचार्यले भने, “पोखराको पहिचान आकाशमै छ – यो हाम्रो सांस्कृतिक र आर्थिक उचाइको प्रतीक हो। प्याराग्लाइडिङ व्यवसाय मात्र होइन, सपना फेरि उड्न थालेका छन्।” उहाँले आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरको प्याराग्लाइडिङ वर्ल्ड कप प्रतियोगिता पोखरामा आयोजना हुने घोषणा पनि गर्नुभयो, जसको सञ्चालन र प्रवर्द्धनको नेतृत्व पोखरा महानगरपालिकाले गर्नेछ। ‘फेरि चालियो हावा — व्यवसायको नयाँ झोँक’ विमानस्थल सञ्चालनपछि सारिएको टेकअफ र ल्याण्डिङ क्षेत्रका कारण व्यवसायमा गिरावट आएको थियो।
उडान दैनिक हजार जनाबाट घटेर सयमा झरेको थियो। तर अब, खपौदीमै ल्याण्डिङको अनुमति मिलेसँगै व्यवसाय पुरानै लयमा फर्कने अपेक्षा गरिएको छ। नेपाल हवाई खेलकुद संस्था (NA) का उपाध्यक्ष खेमराज आचार्यका अनुसार, “यो निर्णयले व्यवसायमा आशा फर्किएको छ। हजारौं रोजगारी जोगिनेछ।” ‘सोलो’ उडान खुला गर्न माग सङ्गठित व्यवसायमा नयाँ उचाइ ल्याउन व्यवसायीहरूले ‘सोलो’ उडान पनि खुला गर्न प्राधिकरणसँग आग्रह गरेका छन्।
सोलो उडानले अनुभवी पर्यटकलाई स्वतन्त्र अनुभव दिनेछ, जसले अन्तर्राष्ट्रिय बजारमा पोखराको उडान क्षमतालाई अझै विश्वासिलो बनाउनेछ। धेरैका लागि रोजगारी, पोखराका लागि गर्व अहिले २५० पाइलट, ५० भन्दा बढी कम्पनी र २,५०० भन्दा बढी प्रत्यक्ष रोजगारी जोडिएको यो क्षेत्र फेरि गति लिन थालेको छ। पोखरा महानगरको नेतृत्वमा यो पुनरुत्थान मात्र होइन, ‘एयर स्पोर्ट्स सिटी’ को यात्राको सुरुवात पनि हो।