Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा
- ‘माइल्ड अटिजम’ र छोरीको शिक्षाको कथा बोकेको ‘गौँथली’ हेरेर दर्शक भावुक, हलमा उत्साहजनक उपस्थिति
- ‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’ को आवेदन खुला, नयाँ आइकनको खोजी सुरु
- निर शाहको शब्द र शम्भुजित बास्कोटाको संगीत: चलचित्र ‘प्रिन्स’ को पहिलो गीत रेकर्ड
- ‘जदौ’ को शीर्ष गीत ‘जदौ हजुर..’ सार्वजनिक: नीति र मुकुन भन्छन्– ‘फरक र वास्तविक कथा छ’
- टिकटमा ५० प्रतिशत छुटको कमाल: १ करोड ७७ लाख कमाउँदै ‘रोल नं १’ ५१औँ दिनमा
- मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
- महँगीको डढेलो : भान्छाबाट हराएको खुसी
- वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
- ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
प्याराग्लाइडिङ वर्ल्ड कप पोखरामै – मेयर धनराजको घोषणा
पोखरा :
” प्याराग्लाइडिङ फेरि उड्दैछ — पोखराको आकास फेरि रंगीन lपोखराको पर्यटकीय आकाश फेरि चहलपहलमा फर्किएको छ। लामो संघर्षपछि प्याराग्लाइडिङ अवतरणस्थल पुनः खपौदी (इन्ड अफ द लेक) मा सर्नु मात्र होइन, उडान समय पनि बिहान ११ बजेदेखि दिउँसो साढे ४ बजेसम्म विस्तार गरिएको छ। यसले व्यवसायमा नयाँ ऊर्जा थपेको छ।
यो ऐतिहासिक पुनःस्थापनालाई समर्थन गर्दै पोखरा महानगरपालिकाका प्रमुख मेयर श्री धनराज आचार्यले भने, “पोखराको पहिचान आकाशमै छ – यो हाम्रो सांस्कृतिक र आर्थिक उचाइको प्रतीक हो। प्याराग्लाइडिङ व्यवसाय मात्र होइन, सपना फेरि उड्न थालेका छन्।” उहाँले आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरको प्याराग्लाइडिङ वर्ल्ड कप प्रतियोगिता पोखरामा आयोजना हुने घोषणा पनि गर्नुभयो, जसको सञ्चालन र प्रवर्द्धनको नेतृत्व पोखरा महानगरपालिकाले गर्नेछ। ‘फेरि चालियो हावा — व्यवसायको नयाँ झोँक’ विमानस्थल सञ्चालनपछि सारिएको टेकअफ र ल्याण्डिङ क्षेत्रका कारण व्यवसायमा गिरावट आएको थियो।
उडान दैनिक हजार जनाबाट घटेर सयमा झरेको थियो। तर अब, खपौदीमै ल्याण्डिङको अनुमति मिलेसँगै व्यवसाय पुरानै लयमा फर्कने अपेक्षा गरिएको छ। नेपाल हवाई खेलकुद संस्था (NA) का उपाध्यक्ष खेमराज आचार्यका अनुसार, “यो निर्णयले व्यवसायमा आशा फर्किएको छ। हजारौं रोजगारी जोगिनेछ।” ‘सोलो’ उडान खुला गर्न माग सङ्गठित व्यवसायमा नयाँ उचाइ ल्याउन व्यवसायीहरूले ‘सोलो’ उडान पनि खुला गर्न प्राधिकरणसँग आग्रह गरेका छन्।
सोलो उडानले अनुभवी पर्यटकलाई स्वतन्त्र अनुभव दिनेछ, जसले अन्तर्राष्ट्रिय बजारमा पोखराको उडान क्षमतालाई अझै विश्वासिलो बनाउनेछ। धेरैका लागि रोजगारी, पोखराका लागि गर्व अहिले २५० पाइलट, ५० भन्दा बढी कम्पनी र २,५०० भन्दा बढी प्रत्यक्ष रोजगारी जोडिएको यो क्षेत्र फेरि गति लिन थालेको छ। पोखरा महानगरको नेतृत्वमा यो पुनरुत्थान मात्र होइन, ‘एयर स्पोर्ट्स सिटी’ को यात्राको सुरुवात पनि हो।
Prev Post
ओस्कर मनोनीत निर्देशक एरिक भ्यालीले गरे ‘ऊनको स्वीटर’को प्रशंसा, नेपाली चलचित्रप्रति गरे गर्व
Next Post