Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- सरकारका १०० दिनः सुशासन र सार्थक उपलब्धिको गतिमा ऊर्जा मन्त्रालय
- मौद्रिक नीतिले उच्च आर्थिक वृद्धि र स्थायित्वबीच सन्तुलन कायम गर्नुपर्छः कार्यवाहक गभर्नर पण्डित
- तनहुँका सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन
- ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’ असार २६ मा, जोन राईदेखि दिपक बज्राचार्यसम्मको प्रस्तुति
- परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल
- फोहरबाट आम्दानी गर्दै मध्यविन्दु
- पेट्रोलियम पदार्थको मूल्य घट्यो
- सुगम पोखरेलको एआईमार्फत गीत बिगार्नेलाई कारबाही गर्ने चेतावनी
- एनोभा स्किन एण्ड हेयर क्लिनिकमा ‘ट्रिभेलिनी माम्बा’ प्रविधि, अत्याधुनिक कपाल प्रत्यारोपण सेवा
- ‘कंगाल करोडपति’मा मुकुन भुसालको जोडी सलिना तामाङ
‘राजनीतिक अराजकता रोक्न ठूला दल एकै ठाउँमा’
कास्की,
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देशमा राजनीतिक अराजकता र विकृति फैलिएका कारण ठूला दलहरु एक ठाउँमा उभिएका बताएका थिए ।
नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ गण्डकी प्रदेश समितिको प्रथम प्रदेश अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उपसभापति गुरुङले राजनीतिक दलहरुमा अराजकता पैदा हुँदा राष्ट्रियता नै कमजोर हुने बताए । राष्ट्रियता जोगाउन बिपी कोइरालाले जसरी मेलमिलापको नीति अगाडि सारेर नेपाल आउनुभयो त्यसरी नै वर्तमान अवस्थामा राष्ट्रियता कमजोर भएकाले देशलाई जोगाउन राजनीतिक दलहरु एकै ठाउँमा उभिन जरुरी रहेको बताए ।
राष्ट्रियता, लोकतन्त्र र समाजवाद राष्ट्रिय एकताको मेरुदण्ड भएकाले सबै पार्टी समाजवादलाई माथि उकास्न लाग्नुपर्नेमा उपसभापति गुरुङले जोड दिए । नेपाली राजनीतिलाई सुधारेर जान सक्यौँ भने देशमा देखिएका यावत् विकृति र विसङ्गति अन्त्य भएर जाने उनको भनाइ थियो । खेलकुदलाई पर्यटनसँग जोडेर जान सकियो भने खेलाडीमार्फत विदेशमा समेत पर्यटन र खेलकुदसँगसँगै प्रर्वद्धन गर्न सकिनेमा जोड दिँदै खेलजगत् देशको एउटा मात्र अनुशासित पाटो भएको उनले बताए ।
“खेलाडीलाई उत्साहित र आर्थिक रुपमा सबल बनाउन सक्यौँ भने मात्र नेपाली खेलाडीले स्वदेश तथा विदेशमा आफ्नो खेल उत्कृष्ट रुपमा प्रस्तुत गर्न सक्छन्”, उपसभापति गुरुङले भने ।
नेपाली कांग्रेसका नेता मोहन बस्नेतले नेपाली युवालाई खेलकुदका माध्यमबाट सशक्तीकरण गर्दै उनीहरुको आर्थिक समृद्धिमा ध्यान दिन जरुरी भएको बताए । युवालाई खेल क्षेत्रप्रति आकर्षित गर्ने काम राज्य र खेल क्षेत्रका संस्थाबाट हुनुपर्नेमा उनको जोड थियो ।
नेपाली कांग्रेस खेलकुद विभागका प्रमुख उमेशजङ्ग रायमाझीले खेलकुललाई महत्वका साथ अगाडि बढाउन राज्यको ध्यान जान आवश्यक भएको बताए । नेपाली कांग्रेसका नेता गणेश वन, शुक्रराज शर्मा, किशोरदत्त बराल, देविन्द्र शेरचन, विष्णु क्षेत्री, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ गण्डकी प्रदेश समितिका अध्यक्ष विद्या मर्सानीलगायतले खेलकुद क्षेत्रको विकासमा जोड दिए। अभिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।