सुचना, समाचार र मनोरन्जन

साउन १ गतेदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

काठमाडौँ,

धरहरा भोलि साउन एक गतदेखि दैनिक १२ घण्टा खुल्ने भएको छ । भोलिदेखि धरहरा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने शहरी विकास मन्त्रालयका प्रवक्ता नारायण मैनालीले बताएका छन ।

अहिले दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म धरहरा सर्वसाधारणका लागि खुल्ला हुँदै आएको छ ।

त्यस्तै अबदेखि सार्वजनिक बिदाको दिन पनि धरहरा चढ्न पाइने र शनिवार दिइने साप्ताहिक बिदाको सट्टा बुधवार धरहरा बन्द हुने भएको छ ।

०७२ वैशाख १२ गतेको भूकम्पले ढलेको धरहरा पुननिर्माणपछि गएको असोज ३ गतेदेखि परिक्षणका रुपमा खुला गरिएको थियो ।

गएको मङ्सिर ९ गतेदेखि भने सर्वसाधारणलाई शुल्कसहित धरहरा खुला गरिएको हो । शहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) अन्तर्गत धरहरा सञ्चालन हुँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.