सुचना, समाचार र मनोरन्जन
Sarankot Dham

धिरज र उपासना अभिनित ‘खुस्मा’को छायांकन ४० दिनमा प्याकअप

काठमाडौं :

अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको सिनेमा ‘खुस्मा’को छायांकन सकिएको छ। निर्माण टिमले पहिलो चरणमा मनाङमा र दोस्रो चरणको छायांकन पूर्वी रुकुमको विभिन्न स्थान र कास्कीमा गर्दै प्याकअफ गरेको हो।

छायांकनको सेड्युल अनुसार ४० दिनमा फिल्मको एउटा गीत बाहेक सबै दृश्याको छायांकन गरिएको हो। निर्माण पक्षका अनुसार फिल्ममा समावेश गर्ने एउटा गीतको पनि केहि दिनमा छायांकन हुनेछ। मगर समुदायको परिवेशमा निर्माण हुन लागेको प्रेमकथामा आधारित फिल्मले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ।

sfal

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन अशोक थापा मगरको छ। उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गर्दै आएका थिए। यो उनको पहिलो ठुलो पर्दाको निर्देशकिय फिल्म हो। डकुमेन्ट्री सिनेमाबाट निर्देशक थापाले नौ वटा विभिन्न अन्तरराष्ट्रिय फिल्म महोत्सवबाट अवार्ड समेत प्राप्त गरिसकेका छन ।

विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर निर्माता रहेको यस फिल्ममा सह–निर्माता भने मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन्। यो फिल्मको कार्यकारी निर्माता मोहन राई रहेका छन् भने खिचाई दिपक बज्राचार्यको छ।

यस फिल्ममा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ। फिल्ममा एसडी योगी र छान्जु पार्क (कोरियन) को संगीत सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ। फिल्म आगामी असोज ३ गतेबाट नेपालसहित विदेशमा पनि एकसाथ रिलिज हुनेछ भने फिल्मलाई गोविन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्नेछ ।

Leave A Reply

Your email address will not be published.