सुचना, समाचार र मनोरन्जन

शैक्षिक परामर्शदाता संस्थाको व्यवसायिक ब्रान्ड एम्बेस्डरमा दिव्या रायमाझी

काठमाडौं :

‘एक्टर : टेक वान’मार्फत अभिनेत्रीमा डेब्यु गरेकी दिव्या रायमाझी एक शैक्षिक परामर्शदाता संस्थाको व्यवसायिक ब्रान्ड एम्बेस्डरमा नियुक्त भएकी छन्। आइतबार दिव्या प्रोफाइल इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बेस्डर नियुक्त भएकी हुन्।

हात्तिसारस्थित नेपाल हाउसमा एक कार्यक्रमकाबीच रायमाझीसहित संस्थाका प्रमुख नवराज प्रसाईं र प्रबन्ध निर्देशक नितेश उप्रेतीबीच सम्झौता भएको हो।

ब्रान्ड एम्बेस्डर नियुक्त भएपछि दिव्याले शैक्षिक विधामा आफुले जानेको ज्ञान बाँड्ने बताईन्। उनले भनिन्,‘शैक्षिक विधामा आफूले जानेको ज्ञान र अनुभव विद्यार्थीसँग बाँड्नेछु र सहकार्य गर्नेछु।

ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेपछि दिव्याको उपस्थितिमा यही मार्च २७ मा संस्थाले ‘यूके एडमिसन डे’ नामक शैक्षिक मेला आयोजना गर्ने भएको छ।

दिव्या अभिनित दोस्रो फिल्म ‘पिताम्बर’प्रदर्शनको तयारीमा छन्। यही चैत २९ गते देशभरका हलमा प्रदशर्नमा हुन लागेको हो। उनको पहिलो फिल्मबाट नै चर्चा चलेको थियो। अभिनेता दिलिप रायमाझीकी छोरी हुनुको नाताले पनि उनको चर्चा बढेको हो।

Leave A Reply

Your email address will not be published.