सुचना, समाचार र मनोरन्जन
IVF New Banner

‘दिमाग खराब’को अग्रीम टिकट बुकिङ खुल्ला,मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले पनि दिए उच्च शो

काठमाडौं :

आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘दिमाग खराब’को अग्रीम टिकट बुकिङ खुल्ला भएको छ । निर्माण टिमले मंगलबार फिल्मको अग्रिम टिकट खुलेको जानकारी दिएका हुन्। अहिलेसम्म हेर्दा फिल्मको हाइपलाई हेरेर देशभरका मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले ‘दिमाग खराब’लाई उच्च शो दिएका छन्।

यहि फिल्मबाट निर्देशक निश्चल बस्नेत ६ वर्षपछि निर्देशनमा कमब्याक भएका हुन्। उनको अघिल्ला फिल्मले जस्तै यसले पनि दर्शक हलमा फर्काउने अपेक्षाका साथ हलवालाले उच्च शो दिएका हुन्। यो फिल्मलाई देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले काठमाडौं उपत्यकामा २५ शो दिएको छ, भने मोफसलका चेनमा ३३ शो उपलब्ध गराएको छ ।

Exchange and test

यस्तै, दोस्रो ठुलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाज्ले १४ शो, वान सिनेमाज्ले १० शो, एफक्युबले ६ शो, बिग मुभिजले ५ शो, क्युज सिनेमाज्ले ५ शो, रञ्जना सिनेप्लेक्सले ७ शो, सिके सिनेमाज्ले ५ शो, सिने डी सेफले ३ शोमा अग्रीम टिकट बुकिङ खोले छ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।

फिल्मको एक गीतमा निर्देशक बस्नेत र भिनेत्री सुपुष्पा भट्ट पनि नाचेका छन्। फिल्ममा आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टरको रुपमा काम गरेका छन्। राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको फिल्ममा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माता छन्।

सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत रहेको फिल्ममा राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ । फिल्मलाई काठमाडौं भित्र गोविन्द शाहीको काफिया फिल्मस् र मोफसलमा मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन्।

Leave A Reply

Your email address will not be published.