काठमाडौं :
केहि दिन अघि बलिउड अभिनेत्री कंगना रनावतले नेपाललाई ‘भारत नै मान्दा हुन्छ’ भन्ने विवादस्पद अभिव्यक्ति दिएकी थिइन् । टाइम्स नव भारत नामक युट्युब च्यानललाई दिएको उक्त अन्तरवार्तालाई केहि कलाकारले बाहेक कसैले विरोध जनाएनन्।
उनले नेपाललाई भारतको एक किस्साको रुपमा रहेको अभिव्यक्तीलाई नेपाल सरकारले वास्तै गरेन। फिल्म निर्देशक नवल नेपालले सामाजिक सञ्जालमार्फत कंगनालाई तपाई जन्मिएको ठाउँ पनि नेपाल कै थियो भनेर सुझाव दिएका छन्। ‘कंगना जी,तपाई जहाँ जन्मिनु भाको हो नि,हेक्का रहोस्,त्यो कुनै दिन नेपाल कै थियो। यस बारेमा सरकारको कुनै प्रतिक्रिया आको छ?’उनले नेपाल सरकार र कंगनालाई प्रश्न गरेका छन्।
कंगनाले विश्वमा हिन्दु धर्म मान्नेहरुका लागि विश्वमा एउटा मात्र देश भारत रहेको अन्तरबार्तामा भनेकी छन् । उनले भनेकी छन्,‘एउटा सानो देश छ नेपाल भन्ने । त्यो देशलाई पनि इन्डिया नै मान्दा हुन्छ । त्यसलाई भारत नै मानौं ।’
कंगनाको यो अभिव्यक्तिले सिंगो नेपालको सार्वभौमसत्तामाथि नै धावा बोले पनि अहिलेसम्म नेपाल सरकार र सेलिब्रेटीले कुनै प्रतिक्रिया दिन सकेका छैनन्। यसअघि बलिउड अभिनेत्री मादुरी दिक्षितले नेपाललाई ‘भारतको एउटा प्रान्त’ भएको अभिव्यक्ती दिएकी थिइन्। जुन उनका लागि चर्को भएको थियो। तर, यसपटक भने कसैले उनको विरोध गरेनन्।