सुचना, समाचार र मनोरन्जन

शिवरात्रीमा रिलिज हुँदै नाजिर, सौगात अभिनित फिल्म ‘अगस्त्य’

काठमाडौं :

आगामी फागुन २५ गते अर्थात महाशिवरात्रीको छेके पारेर नाजिर हुने अभिनित फिल्म ‘अगस्त्य’रिलिज हुने भएको छ। सौरभ चौधरीले लेखन तथा निर्देशन गरेको फिल्मले आफ्नो प्रदर्शन मिति तोकेको हो।

फिल्मले ‘अगस्त्य’को अर्थ भगवान् शिवसँग जोडिने भएकाले निर्माण पक्ष महाशिवरात्रीको पर्खाइमा रहेको छ। फिल्ममा नाजिर हुसेनका अलवा सौगात मल्ल,मलिका महत्त लगायतको मुख्य भूमिका रहेको छ ।

नेपाल र भारतमा छायांकन भएको फिल्मलाई लिएर निर्माण पक्ष निकै उत्साहित देखिएका छन्। डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मलाई प्रकाश मल्ल र अनिष तामाङले लगानी छ । यहि मितिमा अन्य फिल्म ‘रंगेली, काँडेतार र उपहार’ रिलिज हुदैछन्। उनीहरुले आफ्नो प्रदर्शन मिति पक्का गरिसकेका छन्।

Leave A Reply

Your email address will not be published.