सुचना, समाचार र मनोरन्जन

डा. दामोदर पाण्डेकाे ‘तिम्रो याद’ सार्वजनिक

काठमाडौं :

गायक डा. दामोदर पाण्डेकाे स्वरमा नयाँ गीत भिडियो ‘तिम्रो याद’ सार्वजनिक भएको छ। आज नेपमेलो युट्उब च्यानलबाट सार्वजनिक गरिएको गीतमा गायक पाण्डेकै शब्द रचना रहेको छ ।

गीतमा संगीतकार उपेन्द्र लाल सिंहले संगीत भरेका छन भने गीतको एरेन्जको पाटो एरेन्जर प्रमोद परियारले सम्हालेका छन। भिडियाेकाे निर्देशन भने निर्देशक सान थापाले गरेका हुन।

Chaka Panja

बुद्ध थापाको सिनेमेटोग्राफी रहेको गीतको भिडियाेमा मोडल बिकास लामिछाने र समारिका ढकालले अभिनय गरेका छन। भिडियाेलाई न्याय दिन लामिछाने र ढकालले भरपुर मेहेनत गरेका छन। यी दुईको जोडी भिडियाेमा उत्तिकै जमेको छ।

गायक पाण्डे अमेरिकामा बस्छन। नेपालमै जन्म लिई हुर्की डाक्टर बनेका पाण्डे हाल अमेरिकामै कार्यरत छन। अमेरिका बसे तापनि उनीमा नेपालीपन, नेपाल र नेपाली संगीतप्रतिको माया भने कहिले फिक्का भएन। फलत, उनले ‘तिम्रो याद’ बजारमा ल्याएका हुन।

Leave A Reply

Your email address will not be published.